नरैनापुरको मटेहियामा नवनिर्मित प्रसुति गृहको उद्घाटन
प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार २०:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर(बाँके), चैत्र २९ । बाँकेको नरैनापुर गाउँपालिकाको मटेहियामा नवनिर्मित प्रसुति गृहको आज उद्घाटन गरिएको छ । वडा नम्बर ५ मटेहियास्थित स्वास्थ्य चौकीमा आइएनएफ बाँकेको सहयोग एवम् गाउँपालिका तथा स्वास्थ्य चौकीको समन्वयमा नवनिर्मित भवन आज हस्तान्तरणपछि उद्घाटन गरिएको हो । आइएनएफका जिल्ला परियोजना प्रमुख अभिषेक बिक र कलस्टर म्यानेजर दीपक चौधरीले संयुक्त रुपमा प्रसुति गृह स्वास्थ्य चौकी सन्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य र स्वास्थ्य चौकी प्रमुख सद्दाम हुसेन खाँलाई हस्तान्तरण गर्नुभयो ।
Advertisement
हस्तान्तरणपछि प्रसुति गृहको अध्यक्ष मौर्यले उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै वडा अध्यक्ष मौर्यले प्रसुति गृह निर्माणपछि स्थानीयलाई सुत्केरी हुन सहज हुने भन्दै प्रसुति गृह निर्माणमा सहयोग गरेकोमा आइएनएफप्रति आभार प्रकट गर्नुभयो । उहाँले स्वास्थ्य चाकीबाट आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
आइएनएफका जिल्ला परियोजना प्रमुख बिकले स्वास्थ्य चौकीको विकासका लागि आगामी दिनमा पनि सहयोग गर्ने वताउनुभयो । कार्यक्रममा कलस्टर म्यानेजर चौधरी, स्वास्थ्य चौकी प्रमुख खाँ, स्वास्थ्य सह- संयोजक नागेन्द्र कुमार शाहले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नवीन बुढा क्षेत्रीले गर्नुभएको थियो ।