आठौँ राष्ट्रिय खेलकुद:पुरुष हक्कीमा पुलिस सेमिफाइनलमा
प्रकाशित मिति : २०७६, १ बैशाख आईतवार २०:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार विहान भएको खेलमा नेपाल आर्मीलाई २–१ ले पराजित गरि नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको हो। । खेलको ३० सेकेन्डमा प्रहरीका मनोज चौधरीले गोल गरे । भने, ५० औँ निमेटमा प्रहरीकै सागर आचार्यले अर्को गोल थपे । कडा प्रतिष्पर्धात्मक खेलमा आर्मीका दिपेन्द्र ऐरले एक गोल मात्र गरे ।
त्यसैगरि, आइतवारनै भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० गोलले पराजित गरेको छ । प्रदेश ३ का प्रेम विकले खेलको ५३ औँ मिनेटमा र ५७ औँ मिनेटमा प्रदिप नेपालीले गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । बेलुकी प्रदेश १ र सुदूरपश्चिम प्रदेश वीच खेल हुने भएको छ ।
महिला हक्कीमा गण्डकी प्रदेशको विजयी सुरुवात
आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत शुक्र मावि खजुरामा आइतवार भएको महिला हक्की खेलमा गण्डकी प्रदेश विजयी भएको छ । प्रदेश १ लाई ४–० गोलले पराजित गरि गण्डकी प्रदेश विजयी भएको हो ।
खेलको सुरुवातदेखि नै प्रदेश १ लाई दवावमा राखे पनि गण्डकी प्रदेशले पहिलो क्वार्टरमा गोल गर्न सकेन । दोस्रो क्वार्टरको खेल सुरु हुनासाथ गण्डकी प्रदेशकी मिना परियारले गोल गरेर आफ्नो टिमको खाता खोलिन् ।
त्यसैगरि खेलको ४३ औँ मिनेटमा गण्डकी प्रदेशकी देवकी विकले अर्को गोल गरेर अग्रता दिलाइन् । भने, गण्डकी प्रदेशकी कमला राणाले ४० औँ र ४५ औँ मिनेटमा गोल गरिन् । खेलमा गण्डकी प्रदेशले ६ र १ नं. प्रदेश एउटा पेनाल्टी कर्नर पाएका थिए । बेलुकी प्रदेश ३ र सुदूरपश्चिम प्रदेश वीच खेल हुने छ ।
Advertisement