आठौँ राष्ट्रिय खेलकुद: पुरुष साइक्लिङमा आर्मी र महिलामा प्रदेश ३ले जित्यो स्वर्ण
प्रकाशित मिति : २०७६, २ बैशाख सोमबार १६:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बैजानाथ( बाँके )। बाँके बैजानाथ गाउँपालिकामा साइक्लिङ दौड सम्पन्न् भएको छ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री पुरुष साइक्लिङ दौड प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन भएको छ। आर्मीले एक स्वर्ण र एक रजतसहित च्याम्पियन भएको हो।बाँकेको बैजनाथ गाउँपालिका १ गाभरमा सोमबार सम्पन्न प्रतियोगितामा आर्मीका ओकेशराज बज्राचार्यले एक घण्टा २५ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गरे।
Advertisement
उनलाई पछ्याउँदै आर्मीका हिमाल टमटा दोस्रो भए। उनले एक घण्टा २६ मिनेट ६ सेकेन्डमा दूरी पार गरे। प्रतियोगितामा गण्डकी प्रदेशका हिक्मत विक तेस्रो भए। उनले एक घण्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पार गरे।
क्रस कन्ट्री महिला साइक्लिङ दौड प्रतियोगितामा प्रदेश ३ ले दुई पदक हात पारेको छ। प्रदेश ३ की लक्ष्मी मगरले एक घण्टा २० मिनेट ५२ सेकण्डमा दूरी पार गरिन्। दोस्रो भएकी गण्डकी प्रदेशकी उषा खनालले एक घण्टा ३३ मिनेट ३८ सेकेण्डमा दूरी पार गर्दा प्रदेश ३ की निरजला ताम्राकारले एक घण्टा ३५ मिनेट ५६ सेकेण्डमा दूरी पार गरी तेस्रो भएको बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष राजकुमार विसीले जानकारी दिए।
पुरुष साइक्लिङ प्रतियोगितामा दुई विभागीय नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्वल तथा ६ प्रदेशका ३० खेलाडी सहभागी भएका थिए। महिला साइक्लिङ प्रतियोगितामा १० जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए।