सिआइबीद्वारा सम्पादक गिरी पक्राउ
प्रकाशित मिति : २०७६, २ बैशाख सोमबार १७:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । प्रहरीले एक जना पत्रकारलाई पक्राउ गरेको छ।पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ।बतास कम्पनीका वीपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको समाचार लेखेका गिरीलाई कास्की प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए।
सिआइबीले गिरीलाई पक्राउ गरिदिन कास्की प्रहरीलाई पत्र लेखेको थियो।
‘सिआइबीको पत्रअनुसार उहाँलाई पक्राउ गरेका हौं,’ कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले भने, ‘मुद्दाबारे हामीलाई थाहा छैन। मुद्दा केन्द्रले नै हेर्ने हो।’
सिआइबीका प्रमुख डिआइजी निरज शाहीले पत्रिका दर्ता नगरी आफूविरुद्ध समाचार लेखेको उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको बताए।
‘उहाँको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता गरेको भेटिएन। पत्रिका दर्ता नै नगरी समाचार लेखेको र त्यही समाचार अनलाइन छापेको उजुरी छ। थप अनुसन्धान गर्न पक्रेका हौं,’ डिआइजी शाहीले भने, ‘काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेका छौं। उहाँलाई काठमाडौं ल्याएर थप अनुसन्धान गर्छौं।’
सम्पादक गिरीले भने आफ्नो पत्रिका र अनलाइन दुबै दर्ता भएको दाबी गरे।
‘मेरो पत्रिका जिल्ला प्रशासन कार्यालय र अनलाइन प्रेस काउन्सिलमा सबै प्रक्रिया पूरा गरेर दर्ता छ,’ गिरीले भने,‘पत्रिका दर्ता गरेरनगरेको नभई बतासले प्रहरीलाई आर्थिक प्रभाव पारी मलाई फसाउन खोजेका हुन्।’
गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ‘ठग’ बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।
समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशस् १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।
श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।
समाचार लेखेकै आधारमा प्रहरीले गिरीलाई साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्नु आपत्तिजनक भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उल्लेख गरेका छन्।
‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाही गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्दछ,’ अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन्।
प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले गिरीको पक्राउ बारे काउन्सिललाई आधिकारिक जानकारी नआएको बताए।
‘हामीले दर्ता भएका सञ्चारमाध्यमका मुद्दाहरू हेर्ने हो। उहाँहरूको पत्रिकारअनलाइन दर्ता छैन भने मुद्दा प्रहरीकोमा जान्छ,’ श्रेष्ठले भने,‘यद्यपी अब आचार संहिता पूर्ण पालना गर्छु भनेर काउन्सिललाई पत्र लेखे काउन्सिल तत्काल रिहाइका लागि पहल गर्न सक्छ।’
पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
बतास कम्पनीका वीपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको समाचार लेखेका गिरीलाई कास्की प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।
बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए।

सेतोपाटीबाट।