महिला तथा पुरुष बास्केटबलको बुधबार फाइनल भिड्न्त हुँदै
प्रकाशित मिति : २०७६, ३ बैशाख मंगलवार १९:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत/ दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला तथा पुरुष राष्ट्रिय बास्केटबलको बुधबार फाइनल भिड्न्त हुने भएको छ ।
आठौ राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दाङको घोराहीमा जारी प्रतियोगिताको महिला तर्फ नेपाल पुलिस क्लब र प्रदेश नं ३ बिच भिडन्त हुने भएको छ।त्यस्तै पुरुष तर्फ नेपाल आर्मी र प्रदेश नं ३ विच स्वर्ण पदका लागि फाइनल भिड्न्त हुनेछ ।
महिला तर्फको मंगलबार सम्पन्न सेमिफाइनल खेलमा सुदुरपश्चिम प्रदेश लाई ४४ का विरुद्ध ५५ स्कोरले पाखा लगाउदै नेपाल पुलिसले फाइनल यात्रा तय ग¥यो । त्यस्तै नेपाल आर्मी लाई २३ का विरुद्ध ३९ स्कोरले पन्छाउदै प्रदेश नं ३ ले पुलिस संगको फाइनल भिड्न्त पक्का गरेको हो ।
त्यसैगरी पुरुष तर्फको मंगलबार नै सम्पन्न सेमिफाइनलमा नेपाल पुलिसलाई ७१ का विरुद्ध ८५ स्कोरले पाखा लगाउदै नेपाल आर्मीले आफ्नो फाइनल यात्रा सुरक्षीत ग¥यो भने गण्डकी प्रदेश लाई ६३ का विरुद्ध ९३ स्कोर निकाल्दै प्रदेश नं ३ ले आर्मी संगको फाइनल भिड्न्त पक्का गर्न सफल भयो । त्यसैगरी प्रतियोगिताको महिला तर्फ नेपाल आर्मी तृतिय स्थानमा चित्त बुझाउदै कास्य पदक हात पार्न सफल भयो । उसले सुदुरपश्चिम प्रदेश लाई ३९ का विरुद्ध ५१ स्कोरले पाखा लगाउदै तृतिय स्थान हासिल गरेको हो । पुरुष तृतिय स्थानका लागि बुधबार विहान साढे ६ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भिड्नेछन् ।
Advertisement