आठौ राष्ट्रिय खेलकुदःबास्केटबलमा पुरुषमा आर्मी र महिलामा पुलिसलाई स्वर्ण
प्रकाशित मिति : २०७६, ४ बैशाख बुधबार १७:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत/ दाङ । महिला तथा पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलामा नेपाल पुलिस क्लब र पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले स्वर्ण पदक हात पारेका छन् ।
आठौ राष्ट्रिय खेलकुद अन्तर्गत आज सम्पन्न पुरुष फाइनल भिड्न्तमा प्रदेश नं ३ लाई ५८ का विरुद्ध ७६ स्कोरले पाखा लगाउदै डिफेन्डिङ च्याम्पियन आर्मीले स्वर्ण पदक हात पारेको हो ।
फाइनलमा पराजीत प्रदेश नं ३ रजत पदकमा चित्त बुझाउन बाध्य भयो ।
Advertisement
त्यस्तै महिला तर्फको फाईनल भिड्न्तमा साविक विजेता प्रदेश नं ३ लाई २९ का विरुद्ध ४५ स्कोरले स्तव्ध पार्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पार्न सफल भएको हो । पुलिस संग फाइनलमा पराजीत प्रदेश नं ३ उपविजेतामा सिमित रहदै रजत पदकमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताको महिला तर्फ नेपाल आर्मी र पुरुष तर्फ नेपाल पुलिस क्लब तृतिय भए ।
।