आठौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा प्रदेश १ र २ को विजयी सुरुवात
प्रकाशित मिति : २०७६, ४ बैशाख बुधबार १९:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत/ दाङ ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गगत दाङको लमहीमा संचालित महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नं २ ले विजयी सुरुवात गरेको छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर व्याटिङ्ग गर्ने सुनौलो अवसर पाएको ५ नं प्रदेश १५ दशमलव २ ओभरमा अलआउट हुदै ७० रन बनाउन सफल भयो ।
जसमा सरस्वती पुनले १८, सरस्वती जिएम र लक्ष्मी चौधरीले समान १५÷१५ रन जोडे । बलिङ्ग तर्फ प्रदेश १ कि रश्मि शर्मा चौलागाइले ३ ओभरमा १ मेडन ओभर सहित १२ रन खर्च गरेर ४ विकेट लिइन। सवनम राइले ३ ओभर २ वलमा ९ रन खर्चेर ४ विकेट लिइन। रुविना क्षेत्रि र भिग्मा तामाङले समान १÷१ विकेट लिए ।
७१ रनको लक्ष्य पच्छ्याएको प्रदेश १ ले १४ दशमलव ५ ओभरमा आफ्ना ३ विकेटको क्षतिमा ७४ रन लिएर ७ विकेटले जित हासिल गरेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिए। जसमा रोमा थापाले ३१ बलमा सर्वाधिक २३ रन जोड्न सफल भइन । यस्तै अब्सरी वेगम २१ वलमा १५ र काजल श्रेष्ठले १४ वलमा १२ रन जोडे ।
वलिङ तर्फ प्रदेश ५ बाट कप्तान नेरी थापाले ४ ओभरमा ११ रन खर्च गरेर २ विकेट लिइन । खेलमा प्रदेश १ कि रश्मि शर्मा चौलागाइ म्यानअफद म्याच घोषित भइन् । उनले पहिलो खेलमा १५ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा ह्याट्रिक विकेट लिन सफल भईन ।
यसैगरी बुधबार सम्पन्न दोस्रो खेलमा २ नं प्रदेश ६२ रनले बिजय भएको छ । लमही क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६२ रनले हराउदै प्रदेश नम्बर २ बिजयी भएको हो । टस जितेर गण्डकी प्रदेशले फिल्डिङ रोजेको थियो । प्रदेश नम्बर २ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाउन सफल भयो ।
कप्तान सरस्वती चौधरीले २६ वलमा ३१ रन जोडिन । यस्तै आरति चौधरीले १६ वल खेलेर १७ रन जोडिन ।
वलिङ्ग तर्फ गण्डकी प्रदेशकी शिला रेग्मी, एलिसा लामिछाने र सामना पुनले समान २÷२ विकेट लिए । १ सय ३६ रनको विजयी लक्ष्य पच्छ्याउदै मैदान प्रवेश गरेको गण्डकी प्रदेशले २० ओभरमा आफ्ना ८ विकेटको क्षतिमा ७३ रनमा सिमित बन्न पुग्यो ।
सृष्टि पौडेलले ४२ वलमा सर्वाधिक ३० रन, शिला रेग्मीले १८ वलमा १४ रन जोडिन । प्रदेश नम्बर २ कि सरस्वती चौधरीले ४ ओभरमा १ मेडन ओभर फाल्दै १३ रन खर्चिएर ४ विकेट लिइन् । गोमा आलेले ३ ओभरमा १८ रन खर्चिएर २ विकेट लिइन । प्रदेश २ कि सरस्वती चौधरी युमन अफ द म्याच घोषित भइन ।
भोलीको खेल बिहान प्रदेश नम्बर १ र २ का बिचमा र दिउसो एपीएफ र प्रदेश ७ का बिचमा हुने छ । यो प्रतियोगितामा कर्णाली प्रदेश बाहेक ६ ओटा प्रदेश र एक विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ गरि ७ टिमले भाग लिएका छन् ।
Advertisement