महिला फुटबलमा प्रदेश नं. २ को दोश्रो जित
प्रकाशित मिति : २०७६, ६ बैशाख शुक्रबार ०९:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत /दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ महिला फुटवल टिमले दोश्रो जित निकालेको छ । दाङमा बुधवारदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा अन्तर्गत तेश्रो खेलमा प्रदेश नं. ५ लाई १ विरुद्ध ३ गोल गर्दै प्रदेश नं. २ बिजयी भएको हो ।
घोराहीको भरतपुर खेलकुद मैदानमा भएको प्रतियोगितामा प्रदेश नं. २ को जितका लागि जर्सी नं. ११ कि रजनी ठोकरले , जर्सी नं. ५ कि सजनी ठोकर र जर्सी नं. ७ कि दिलकुमारी रानाले समान १/१ गोल गरे ।
प्रदेश नं. ५ कातर्फवाट जर्सी नं. १० कि खेलाडी ममता पुनले सान्त्वना १ गोल फर्काएकी थिइन। बिहिवार नै भएको दोश्रो खेल प्रदेश नं. ३ ले जित हात पारेको छ । उल्लेख्य दर्शकका बिच बेलझुण्डी रंगशाला भएको शानदार खेलमा प्रदेश न ३ जर्सी न ७ कि खेलाडी मनिशा थापा मगरले खेलको पहिलो हाफ्को १४ औ र दोश्रो हाफ्को अन्त्यमा पेनाल्टी अबसरलाई सदुपयोग गर्दै दोश्रो गोल गरिन । प्रतियोगिता अन्तरगत भोलि नेपाल प्रहरी र प्रदेश न ५ त्यस्तै प्रदेश न २ र ३ बिच खेल हुनेछ ।
११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा महिला फुटवल टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गतका दाङ र कपिलवस्तुमा लिग अन्तर्गतका खेलहरु भईरहेका छन ।
Advertisement