जिप दुर्घटनामा मृत्यु भएका डा.जेनाको नेपालगन्जमा श्रद्धाञ्जली सभा गरियो
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार १८:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । जिप दुर्घटनामा मृत्यु भएका डा. जेनाको श्रद्धाञ्जली सभा गरिएको छ।शनिबार भारतको भुवनेश्वरमा जिप दुर्घटना हुँदा डा. ललितेन्दु जेनाको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य दुईजना गम्भीर घाइते भएका थिए ।
Advertisement
दुर्घटनामा मृत्यु भएका डा. जेनाको आज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले श्रद्धाञ्जली सभा गरेका हुन।
डा. जेनाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा १६ वर्ष स्त्रीरोग विशेषज्ञका रुपमा काम गर्दै आएका थिए। उनले सन २००० देखि सन २०१६ सम्म उक्त अस्पतालमा काम गरेको अस्पतालका उप निर्देशक डा. रोमन किदवाईले बताए ।
उनले यस क्षेत्रमा तथा अस्पतालमा गरेको सेवा कहिल्यै बिर्सन नसकिने किदवाईले बताए । उनले ३ वर्ष अगाडि शिक्षण अस्पताल छोडेर आफ्नो ठाउँमा अस्पताल सञ्चालन गरी चलाउदै आएका थिए ।