आठौं खेलकुद प्रतियोगिता: महिला पुरुष-भलिबलमा विभागिय टिमकै अग्रता
प्रकाशित मिति : २०७६, ९ बैशाख सोमबार १४:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लव आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह ’ख’ को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेका हुन । सोमवार भएको महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फका खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश विच प्रतिस्पर्धा भएको थियो ।
Advertisement
जसमा त्रिभुवन आर्मी क्लवले ३(० को सोझो सेटले आर्मी विजयी भएको छ । जसमा आर्मीले २५(१४, २५(१८, २५(११ अंक प्राप्त गरेको थियो । यस्तै दोश्रो खेलमा नेपाल एपिएफ र सुदुरपश्चिम विच प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल एपिएफ क्लवले ३(० को सोझो सेटले सुदुरपश्चिमलाई पराजित गरेको छ । जसमा नेपाल एपिएफले २५( २२, २५( १८, २५( १३ अंक प्राप्त गरि एपिएफ सेमि फाइनलमा प्रवेश गरेको छ । यस्तै सोमवार महिला भलिवल तर्फको खेलमा पहिलो प्रदेश नं. ३ र गण्डकी प्रदेश विच प्रतिस्पर्धा भएको थियो । जसमा प्रदेश नं. ३ ले गण्डकी प्रदेशलाई ३(० को सोझो सेटले पराजित गरेको छ । जसमा २५( ११, २५( १९, २५( १५ अंक ल्याएका थिए ।
यस्तै महिला तर्फकै दोश्रो खेलमा नेपाल एपिएफ क्लव र नेपाल पुलिस क्लव विच प्रतिस्पर्धा भएको थियो । जसमा एपिएफ क्लवले पुलिसलाई ३(० को सोझो सेटले हराएको छ । जसमा २५( १८, २५(१६, २५(१७ अंक प्राप्त गरेका थिए । मंगलवार सेमिफाइनल प्रतियोगिता हुने आयोजकले जनाएको छ । महिला पुरुष भलिवल प्रतियोगितामा १०÷१० टिम सहभागिता रहेका थिए । खेल बैशाख ४ गतेदेखि संचालन भएको मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिए ।