फुल म्याराथनमा आर्मीका कृष्ण र प्रहरीकी राजपुरा च्याम्पियन
प्रकाशित मिति : २०७६, ९ बैशाख सोमबार १४:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत / दाङ ।नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
४२ दशमलव १९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेर्कडमा सुधार गर्दै च्याम्पिएन बनेका हुन् ।
यस्तै प्रदेश नं ६ का दुर्गा बहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा रजत जित्दा एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे ।
त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेर्कड बनाउदै पूरा गर्दै स्वर्ण जितिन्। त्यसै ३ घण्टा ५९ सेकेन्डमा दुरि पार गर्दै एपिफ कि पुस्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक जितिन् । दाङको बेल्झुण्डी रंगशालाबाट सुरुवात गरिएको म्याराथनको रुट हेमन्तापुर, बिजौरी, पर्सेनी, तुलसीपुर, दोघरे, दुधेना, अश्वरा, डाँडाचिस, कुमलगढी, मिरौली, बागर हुदै श्रीगाँउबाट पुनः सोही ट्रयाक हुदै वेलझुण्डी रंगशालाको सेन्थेटीक ट्रयाकमा एक राउण्ड लगाएर अन्त्य गरिएको थियो ।
म्याराथनमा पुरुष तर्फ १५ र महिला तर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए ।
Advertisement