प्रदेश १ महिला क्रिकेटको फाइनलमा
प्रकाशित मिति : २०७६, ९ बैशाख सोमबार १५:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत/ दाङ ।प्रदेश नम्बर १ आठौं राष्ट्रिय खेलकुद महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दाङ लमही क्रिकेट खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटको फाराकिलो अन्तरले हराउदै प्रदेश नम्बर १ ले फाइनल यात्रा तय गरेको हो ।
Advertisement
टस जितेर व्याटिङ रोजेको सुदुरपश्चिम प्रदेश २० ओभरमा ७ विकेट गुमाउँदै ८० रन जोडेको हो । सुदुरपश्चिम प्रदेशकी विन्दु रावल नट आउट २६, कविता जोशी ११ रन नटआउट योग्दान दिइन ।वलिङ्ग तर्फ प्रदेश १ निग्मा तामाङ्ग २ विकेट, रुविना क्षेत्रि, सवनम राई र संगिता राईले समान १÷१ विकेट लिइन् । ८१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश १ ले १३ दशमलव ४ ओभरमा लक्ष्य पूरा ग¥यो ।
प्रदेश नं १ का तर्फबाट रुविना क्षेत्रीले सर्वाधिक नट आउट ४३ र रोमाको थापा नटआउट २१ रनको योग्दानले प्रदेश १ ले विजय लक्ष्य हाँसलि गरेको हो । सुदुरपश्चिम प्रदेश की कविता जोशीले २ विकेट लिइन । उमन अफ द म्याच रुविना क्षेत्री भइन । सोमबार दोस्रो सेमिफाइनल खेल एपीएफ र प्रदेश २ का बिचमा आज दिउसो २ बजे पछी हुनेछ ।