प्रदेश ५ लाई हराउदै आर्मी फूटबलको फाइनलमा, रङ्गशालामा खेल हेर्नलाई पैसा नलाग्ने
प्रकाशित मिति : २०७६, १० बैशाख मंगलवार १२:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
Advertisement
नेपालगंज रंगशालामा निर्धारित ९० मिनेटको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आर्मीले सफलता हात पार्यो ।पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र दिपक गुरुङले गोल गर्न सकेनन् ।
प्रदेश ५ का कृष्ण रानाभाटले गोल गर्दा दिपेन सिंह ठकुरी,चेतन चौधरी र विवेक पुनले गोल गर्न सकेनन् ।पेनाल्टीअघि खेलमा आर्मीले २-० को अग्रता जोगाउन सकेन् । खेलको २० औं मिनेटमा आर्मीले दिपेन सिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा दिप कुमार लामाले गोल गर्दै आर्मीको अग्रता २-० को बनाए ।
तर, खेलको ७५ औं मिनेटमा विनोद केसीले पेनाल्टीमा गोल गर्दै प्रदेश ५ लाई खेलमा फर्काए । त्यसपछि खेलको ८० औं मिनेटमा विनोदले पेनाल्टीमा नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।अब आर्मीले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ ।
त्य्स्तै मध्य पश्चिम् खेलकुद बिकास समितीका अध्यक्ष भिम ओलिले सेमिफाइनल र फाइनल हेर्नलाई पैसा नलाग्ने बताएका छन्। सबैलाई नेपालगन्ज रङ्गशालामा आइ फूटबल हेर्न अनुरोध समेत गरेका छन् ।