कोहलपुर प्रहरीद्वारा बिप्लब कार्यकर्ता फडेरा आज बाँकेबाट पुनः पक्राउ
प्रकाशित मिति : २०७६, १० बैशाख मंगलवार १३:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेत्रविक्रम चन्द (बिप्लब) नेपाल कम्युनिष्ट पार्टीका नेता दानबहादुर फडेरालाई प्रहरीले आज बाँकेबाट पुनः पक्राउ गरेको छ। आइतबार बाँके जिल्ला अदालतले उनलाई तारिखमा रिहा गरे लगत्तै प्रहरीले पक्राउ गर्न खोजेको भन्दै ऊनी मानव अधिकार आयोगको नेपालगञ्जस्थित कार्यालयको शरणमा गएका थिए।दानबहादुरलाई १२ चैतमा विस्फोटक पदार्थ राखेको अभियोगमा कोहलपुरबाट पक्राउ गरिएको हो ।
Advertisement
‘पक्राउपछि उनलाई बाँके अदालतमा पेस गरेका थियौं । अदालतले उनलाई साधारण तारेखमा छोड्यो । तर, उनीमाथि कैलाली प्रहरीमा जन्ती बस आगजनी गरेको अभियोग रहेछ । हामीले फेरि समात्न खोज्दा मानवअधिकारकर्मीले नियन्त्रणमा लिए,’ कोहलपुर प्रहरी प्रमुख डीएसपी सिंहले भने ।
‘तर पनि आज मानव अधिकार आयोगले जिल्ला प्रशासन कार्यालयमा फडेरालाई बुझाउदा ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले त्यहीबाट उनलाई पक्राउ गरेका छ’ डीएसपी सिंहले भने। पक्राउ गरिएका फडेरालाई आजैै कैलाली जिल्ला प्रहरी कार्यालयमा पठाइने भएको छ।