आठाैं राष्ट्रिय खेलकुद: एपीएफले चुम्यो महिला क्रिकेटकाे उपाधी
प्रकाशित मिति : २०७६, १० बैशाख मंगलवार १८:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत/ दाङ।अा ठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङकाे लमहीमा भएको महिला क्रिकेटकाे उपाधी एपीएफले चुमेको छ ।उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो। फाईनलमा पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो ।
टस जितेर ब्याटिङ गर्ने सुनौलो अबसर पाएको एपीएफले २० अाेभरमा पुरै विकेट गुमाएर १२८ रन वनायाे । जसमा ज्याेति पाण्डेले सर्वाधिक ४५, र सिताराना मगरले ४२ रनको योगदान दिए।
बलिङ्ग तर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३/३ विकेट लिए।
१२९ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङका लागि खेल मैदानमा उत्रेको प्रदेश नम्बर एक १९ दशमलव ४ अाेभरमा अलअाउट हुदै मात्र ४१ रनमा समेटिन पुग्याे । रश्मि शर्मा चाैलागाइ अविजित हुदै २७ रन जाेडिन । वलिङ्गमा एपीएफकी रितु कनाेजिया, सरिता मगर र सीता राना मगरले समान २-२ विके लिइन। प्लेर अफ द म्याच रिता राना मगर घाेषित भइन । सो अबसरमा वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कबिता जाेशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन ।
दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाकाे अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनाेद मैनालीकाे प्रमुख अातिथ्यतामा बिजेतालाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
Advertisement