मलपोतका कर्मचारी बिरुद्ध बाँकेमा थुनछेक बहस आज बाट सुरु, दुईजना उप सचिब फरार
प्रकाशित मिति : २०७६, १० बैशाख मंगलवार २१:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । सरकारी कागज कृते अभियोगमा पक्राउ परेका मालपोत कार्यालयका कर्मचारीहरुको थुनछेक बहस आजबाट बाँके जिल्ला अदालतमा सुरु भएको छ। करिब एक महिना अघि बाँके र बर्दियाका मालपोत कार्यालय ३१ जना कर्मचारी बिरुद्ध बाँके प्रहरीले मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता पश्चात् २१ जना कर्मचारी पक्राउ परिसकेका छन् ।
Advertisement
आज बिहान १० बजे बाट सुरु भएको थुनछेक बहस साझ ५ बजे सम्म चलेको थियो। थुनछेक बहसको आदेश भोली आउने भएको सरकारी वकिल निराजन शर्माले बताए।
त्य्स्तै सो मुद्दाका दशजना अभियुक्तहरु फरार रहेका छन् । फरार हुनेमा नेपाल सरकारका २ जना उप सचिबहरुमा कृष्ण बहादुर ज्ञवाली र दिर्घ बहादुर पोखरेल रहेका छन् ।
अन्य एक जना खरिदार तुलानन्द रावत फरार रहेका छन् । अन्य ५ जना अभियुक्तहरु सहित सबैको खोजी कार्य जारी रहेको छ।