आठौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलमा पुलिसलाई स्वर्ण
प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार १३:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । पुरुष भलिबलमा नेपाल पुलिस च्याम्पियन बन्दै स्वर्ण जितेको छ। आज भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
Advertisement
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१८ ले विजयी भएको पुलिस खेलको दोस्रो सेटमा आर्मीसँग २५–२३ ले गुमाउन पुगेको थियो । त्यस पछि पुनः खेलमा फर्किएको पुलिसले लगातार दुई सेट जित्दै च्याम्पियन भएको हो ।
तेस्रो सेटमा आर्मीलाई २५–२० ले पराजित गर्दा चौथो सेटमा २५–१८ ले पराजित गरेको थियो । यो हारसँगै आर्मीले उपविजेतामा चित्त बुझाउनु परेको छ ।
यसअघि तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ । एपीएफले गण्डकीलाई ३–२ ले पराजित तेस्रो भएको हो । सुरुआती दुई सेट गण्डकीसँग गुमाएको एपीएफले पुनरागमन जित निकालेको थियो । पराजित गण्डकी प्रदेशले भने सान्तवना जितमा चित्त बुझाएको छ ।