आठौं च्याम्पियन टोली घोषणामा त्रुटी, अचम्मको निर्णय भयो स्थलमा "आखिर किन यस्तो गल्ती ? "
प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार २१:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
समापनका अवसरमा कार्यक्रम सन्चालकले पुलिसले ४९ स्वर्ण, ५५ रजत र ४४ कास्य पदक पाप्त गर्दै तेस्रो स्थान हासिल गरेको घोषणा गरेका थिए । तर राखेप आफैंले पदक तालिकामा ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य गरी कुल १ सय ५७ पदक जितेको उल्लेख गरेको छ
त्यस्तै एपीएफले ५१ स्वर्ण ६५ रजत र ७० कास्य पदक गरी तेस्रो स्थान हासिल उल्लेख गरिएको छ । जबकी राखेपले पठाएको पदक तालिकामा एपिएफले ५४ स्वर्ण ६९ रजत र ८० कास्य गरी कुल २ सय पदक जितेको उल्लेख छ ।
टिम च्याम्पियन बनेको आर्मीको पदक तालिकामा पनि फरक फरक पदक संख्या उल्लेख भएको छ । समापनमा च्याम्पियन आर्मीले १३७ स्वर्ण, ७७ रजत र ६६ कास्य पदक जितेको बताइएको थियो । जबकी राखेपले पठाएको पदक तालिकामा १४० स्वर्ण, ८२ रजत, ६७ कास्य गरी कुल २८८ पदक जितेको जनाइएको छ ।
प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगरले आफ्नै समितिको कमजोरी रहेको स्विकारे । ‘ हामीले कम्प्युटर इन्ट्री गर्दा गल्ती भएको रहेछ । प्रचार प्रसार समितिले उपलब्ध गराएको सहि थियो ,’ उनले भने ।