दाङमा जिल्ला स्तरिय युथ कप फुटबल सुरु
प्रकाशित मिति : २०७६, १३ बैशाख शुक्रबार ०७:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत/ दाङ । जिल्ला स्तरिय युथ कप फुटबल प्रतियोगिता २०७६ बिहिवार देखि दाङको कोटिया डाडामा सुरु भएको छ ।तुलसिपुर १५ युवा क्लबको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न १५ समन्वयमा संचालित प्रतियोगिताको उद्घाटन तुलसिपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले गर्नु भएको हो ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कुल स्पोर्ट्स फुटबल एकाडेमीले बिजयी सुरुवा गरेको छ । तुलसिपुर १५ युवा क्लबलाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै स्कुल स्पोर्ट्स फुटबल एकाडेमीले बिजयी सुरुवात गरेको हो ! उल्लेख्य दर्शकका माझ भएको कडा प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको सुरुवातिमा तुलसिपुर १५ युवा क्लबका जर्सी न १२ का खेलाडी शिव नारायण चौधरीले पहिलो गोल गरि टिमलाई १-० गोलको अग्रता दिलाए पनि दोस्रो हाफको मध्य भागमा स्कुल स्पोर्ट्स फुटबल एकाडेमिका स्वप्निल कुमाईले ब्यक्तीगत २ र किरण योगिले १ गोल गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भए । प्रतियोगिता अन्तरगत शुक्रबार बिहान एस. टि.एफ.सि तुलसिपुर ६ र राप्ती स्पोर्ट्स क्लब घोराही बिच खेल हुनेछ। त्यस्तै दोस्रो खेल एस.एस.एफ.ए र वडा न १६ बिच हुने आयोजकले जानकारी दिएको छ । यसैबिच प्रतियोगिता तुलसिपुर १५ युवा क्लबका अध्यक्ष सुरेन्द्र चौधरिको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका का उपमेयर माया आचार्यको प्रमुख आतिथ्य तथा नेकपाका नेता मनोहर बुढाथोकी र तुलसिपुर उपमहानगरपालिका खेलकुद समितिका सयोजक अमर नेपालिको बिशिस्ट आतिथ्यमा भएको थियो ।
प्रतियोगिताको बिजेता,उपविजेताले क्रमशः नगद ५० र २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न् ! त्यस्तै प्रतियोगिताको ब्यक्तिगत बिधा अन्तरगत वेस्ट प्लेयर, वेस्ट किप्पर, वेस्ट मिडफिल्डर, वेस्ट डिफेन्स र वेस्ट फरवार्डको स्थान हात पार्ने खेलाडिलाई पुरस्कृत गरिने क्लबका अध्यक्ष सुरेन्द्र चौधरी ( सुबोध ) ले जानकारी दिएका छ्न् ।
बैशाख १८ गते सम्म चल्ने प्रतियोगितामा जिल्लामा स्थापित १० टिमको सहभागिता रहेको छ ।
Advertisement