नेपालगन्ज विमानस्थलमा एरबस ३२० सिरिजका जहाज उडान गराइने
प्रकाशित मिति : २०७६, १३ बैशाख शुक्रबार ०९:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा एरबस ३२० सिरिजका जहाजहरुबाट उडान हुन सक्ने रनवे बनाइने भएको छ।नेपाल उड्डयन प्राधिकरणले नेपालगञ्ज विमानस्थलाई स्तरोन्नती गर्नका लागि १७ अर्ब बजेट आवस्यक पर्ने अनुमान गरेको छ।
Advertisement
प्राधिकरणले बनाएको विमानस्थलको गुरुयोजनाअनुसार विभिन्न चरणमा गरी १७ अर्ब खर्च हुने र त्यसबाट बन्ने पूर्वाधारमा मध्यमस्तरीय जेट विमानबाट उडान गर्न सकिने छ।
हाल आन्तरिक उडानमात्र भइरहेको यो विमानस्थल स्तरोन्नती गरी क्षेत्रीय उडान गर्नसकिनेगरी स्तरोन्नतीगर्न प्राधिकरणले विस्तृत अध्ययन गराएको थियो।
उक्त अध्ययनअनुसार पहिलोचरणको काम शुरु भइसकेको नेपालगञ्ज विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले जानकरी दिए।
अहिले पार्किङ वे थप गर्ने, टर्मिनल भवन सुधारका काम अहिले भइरहेका छन्।
त्यस्तै विमानस्थलको धावनमार्ग १५ सय मिटरबाट बढाएर १७ सय मिटर बनाउनका लागि खोला डाइभर्ट गर्नुपर्ने का पनि सँगै शुरु हुने बताइएको छ।
अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउका लागि आवस्यक पूर्वाधार बनाउनका लागि अन्तिमसम्म १७ अर्बजति खर्च हुने प्राधिकरणको अनुमान रहेको छ।
यसबाट धावनमार्ग २४४५ मिटर लामो हुने छ। जसमा एरबस ३२० सिरिजका जहाजहरुबाट उडान हुने छ। धावनमार्गसँगै, पार्किङ वे, एप्रोन, टर्मिनल, टावर, कम्युनिकेशन तथा नेभिगेशन जडान जस्ता काम गर्दा यसको लागत बढ्दै जाने छ।सेतोपाटीबाट।