दाङमा दुईवटा अन्तराष्ट्रिय स्तरका रंगशाला निर्माण हुने
प्रकाशित मिति : २०७६, १३ बैशाख शुक्रबार १६:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(घोराही)दाङ । दाङमा दुईवटा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाइने भएको छ । दाङको राप्ती गाउँपालिका ७ बसन्तपुरमा सबै खेलहरू खेल्न मिल्ने गरी अन्तराष्ट्रिय रंगशाला बनाउने र घोराही र बुटवलमा अहिले रहेका रंगशालाको स्तरोन्नति गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
Advertisement
दाङमा निर्माण गर्ने रंगशालाका लागि राप्ती गाउँपालिकाले १ सय ७२ विगाहा १९ कठ्ठा, १ धुर जग्गा यसअघि नै उपलब्ध गराइसकेको छ ।
त्यसैगरी दाङकै घोराही उपमहानगरपालिका वडा नं १६ मा रहेको नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका १३ स्थित जवही खेल मैदानलाई उजिरसिंह रंगशालाको रुपमा स्तरोन्नति गर्ने पनि सरकारले निर्णय गरेको छ ।
नेत्रलाल अभागी रंगशालाको लागि घोराही नगरपालिकाले २५ विगाह ९ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएको छ भने उजिरसिंह रंगशालाको लागि बुटवल उपमहानगरपालिकाले २ विगाह ८ कठ्ठा जग्गा उपलब्ध गराइसकेको छ ।