तुलसीपुरमा अध्यक्ष कप फुटबल सुरु, खेलनै स्वास्थ्यको धन होः पुर्व सांसद भण्डारी
प्रकाशित मिति : २०७६, १५ बैशाख आईतवार १८:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत/तुलसीपुर दाङ ।तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ आईतबार देखी सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन सविधान सभा सदस्य पुर्व सांसद बुद्धि राम भण्डारीले गरेका हुन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी भण्डारीले खेल नै स्वास्थ्यको धन भएको बताए । खेल नै स्वास्थ्यको धन हो,स्वास्थ्यका लागी खेल आवश्यक छ,उनले भने । अब सिंगो खेलकुदलाई स्वास्थ्य मात्र नभएर एकता र समृद्धी संग जोडेर लैजानु पर्ने पनि उनले बताए ।
स्थानिय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ब्राहथान टोल विकास संस्थाले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा श्रीराम टोल विकास संस्थालाई १ विरुद्ध ३ गोलको अन्तरले स्तव्ध पार्दै ब्राहथान टोल विकास संस्थाले विजयी यात्रा सुरु गरेको हो ।
उल्लेख्य दर्शकका विच प्रदेश प्रहरी कार्यालय तुलसीपुरको खेलमैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलमा ब्राहथानका दिलिप योगी, पारस बस्याल र दिपक रेग्मीले समान १÷१ गोल गरे । त्यस्तै श्रीराम टोलका तर्फ बाट बालद वि.क.ले सान्त्वना गोल गरे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष टोप बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका खेल सयोजंक तथा कार्यपालिका सदस्य अमर नेपाली, तुलसीपुर उपमहानगरपालिका वडा नं २ का अध्यक्ष राजु आचार्य,कार्यपालिका सदस्य दिपक कुमाल,रिपोर्टस क्लव प्रदेश ५ सयोजंक सरद रेग्मी लगाएतले खेलकुदको विकास विना समृद्धीको परिकल्पना गर्न नसकिने बताएका थिए । साथै उनिहरुले हरेक व्यक्तीको स्वास्थ्यमा टेवा पु¥याउने माध्यम खेल भएको पनि बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का सदस्य तथा प्रतियोगीताका सयोजंक रामबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सन्तोष केसीले गरेका थिए ।
Advertisement