कक्षा १२ को परिक्षामा सेटीङमा चिट चोराइयो– नेपालगञ्ज उपमहानगरपालिका
प्रकाशित मिति : २०७६, १७ बैशाख मंगलवार १७:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्जमा सञ्चालित कक्षा १२ को परिक्षामा सेटिङमै चिट चोराइएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आज गरिएको परिक्षा केन्द्रको अनुगमनपछि बोराका बोरा चिट फेला पारिएको हो । नगर प्रमुख डा धवल शम्शेर राणा नेतृत्वको टोलीले सात वटा परिक्षा केन्द्रबाट तीन कट्टा(थैली) चिट बरामद गरेको हो । मंगलबार कक्षा १२ को विज्ञान(फीजीक्स)को परिक्षा भएको छ ।
Advertisement
उपप्रमुख उमा थापा, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिती प्रमुख गोरख थापा र वडा अध्यक्षसहितको टोलीले बरामद गरेको चिट आज पत्रकार माझ सार्वजनिक गरिएको हो । नगर प्रमुख डा राणाले संस्थागत रुपमै चिट चोराउने कार्य भएको दावी गर्दै पहिलो पटकलाई कारवाही नगरिएपनि भोलीबाट चिट चोराइएको पाइएमा कारवाही गर्न भनीएको बताउनु भयो । पहिलो पटकलाई चिट वरामद मात्र गरिएपनि अभिभावकमार्फत विद्यार्थीलाई सचेत रहन उहाँले आहवान गर्नु भयो । शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरिएको बताउँदै डा राणाले केही केन्द्राध्यक्षले बाझाबाझ गरेको समेत तितो यथार्थता सुनाउनु भयो ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले निजी विद्यालयका विद्यार्थीले परिक्षा दिइरहेको केन्द्रमा अझैं वेजोग देखिएको भन्दै चिट चोर्ने र चोराउने काम संस्थागत रुपमै भएको जीकीर गर्नु भयो । उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले शैक्षिक गुणस्तरमा खेलाईची नगरियोस् भन्ने हेतुले अनुगमन गरिएको हो। आज चिट बरामद गरिएका स्कुल, कलेजहरुमा मोडन, सरस्वती, एमपि, एबिसी रेसिडेन्टल, नारायणी, महेन्द्र, होप एकेडमी र धम्बोझी स्कुल रहेका छन् ।