ट्राफिक सप्ताहको पाचौं दिनमा बाँकेमा चालकहरुको स्वास्थ परिक्षण
प्रकाशित मिति : २०७६, १८ बैशाख बुधबार १२:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । ट्राफिक सप्ताहको पाचौं दिनमा नेपालगन्ज र राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलको नेतृत्वमा गएको टोलिले आज बिहान ढकेरी सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ। त्य्स्तै सोहि ठाँउमा सवारी साधनहरुमा दुर्घटनाबाट जोगिनलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक पोस्टर समेत टासिएको हो। निमित्त प्रमुख पौडेलका अनुसार आज १०७ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ।
Advertisement
यसैगरि नेपालगन्जमा पनि आजै सवारी चालकहरुलाई गाडी चलाउदा हुने तनाब कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने उद्श्यले घुम्ती प्रशिक्षण दिएको नेपालगन्ज ट्राफिक युनिटका प्रमुख प्रहरी नायब निरीक्षक भिमराज ओलीले बताए।
आजै भएको मजदुर दिवशको अवसरमा भएको र्यालीमा सहभागी सबैलाइ ट्राफिक सम्बन्धी चेतनामुलक पोस्टर समेत वितरण गरेको नायब निरीक्षक ओलीले बताए।
”सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित शनिबारदेखि ट्राफिक सप्ताह सुरु भए सगै बाँके ट्राफिकले जिल्लामा विभिन्न कार्य गर्दै आएको छ।