सरकारलाई कर नतिर्ने ठेकेदारमा पूर्वमन्त्री पाण्डेदेखी सांसद रौनियारसम्म !
प्रकाशित मिति : २०७६, १८ बैशाख बुधबार १८:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । सरकारलाई कर नर्तिने पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनी पनि कर नतिर्नेहरुको सुचीमा परेका छन् । कर तिर्न आन्तरिक राजश्व विभागले पटक–पटक आह्वान गरे पनि कर भने तिरेका छैनन् ।
विभागलाई समयमा कर नतिर्नेको सूचीमा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनदेखि निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सनसम्म छ ।
पाण्डेले कालिकारकान्छाराम जेभी अन्तरगतको कर तिर्न अटेरी गरेका छन् । त्यसैगरी कान्छाराममा कन्सट्रक्सनका मालिक तथा रामेछापका कांग्रेस नेता पूर्णबहादुर तामाङलाई पनि विभागले कर तिर्न बोलाएको छ ।
निलम्बित सांसद हरिनारायण रौनियारले पप्पुरलुम्बिनी जेभीको कर बक्यौता छ । उनका छोरा सुमित रौनियारलाई जेआईईसीरपप्पु जेभीको कर तिर्न सार्वजनिक आह्वान गरिएको छ । कांग्रेस नेता समेत रहेका स्वच्छन्द निर्माण सेवाका मालिक जयराम लामिछाने पनि कर नतिर्नेको सुचीमा छन् । उनले स्वच्छन्दरशंखरमालीरखानी जेभीको कर तिरेका छैनन् ।
यस्तै शक्तिशाली मानिने ठेकेदार रमेश शर्माको शर्मारडाँफेरकान्छारामलाई पनि विभागले कर तिर्न बोलाएको छ । कर नतिर्ने ठेकेदारमा पुच नरसिंह अमात्य, सुनिल कार्की, सुवित श्रेष्ठ, केशरबहादुर खड्का, टंकप्रसाद चौलागाई, निमा लामा शेर्पा, तेण्डी शेर्पा, इन्द्रबहादुर लामा र शुम्भुप्रसाद घिमिरे छन् ।
यस्तै ठेकेदाहररु नरेन्द्रकुमार श्रेष्ठ, बालकृष्ण थापा, रामसरोज यादव, हेमराज गाभाजु, टंकनाथ गजुरेल, ज्ञानबहादुर लामा, पेम्बा लामा, रत्न प्रसाद गौम, निदेश श्रेष्ठ, निरज बुढाथोकी, गौरीप्रसाद उप्रेति, धनबहादुर भोम्जन, विरेन्द्र प्रधान, धर्मराज भण्डारी र अच्युत खरेलले पनि विभागको सम्पर्कमा आएका छैनन् ।