न्यूरोड सौन्दर्यकरण गर्न लागिएको नेपालगन्ज उपमहानगरको स्पष्टोक्ति
प्रकाशित मिति : २०७६, १९ बैशाख बिहीबार १८:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले न्यूरोड क्षेत्रको बीच भागमा रहेका विरुवा काट्न लागेको नभई थप सौन्दर्यकरण गर्न लाएिको जनाएको छ । संरक्षित विरुवा काट्न लागिएको आशयका समाचार सार्वजनिक भएपछि उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज विज्ञप्ती निकालेर न्यूरोडमा कुनै पनि रुख नकाटिएको र नकाटिने पनि स्पष्ट पार्नुभएको
हो ।
Advertisement
जारी विज्ञप्तीमा बिरुवाको संरक्षण, आधुनिकीकरण र सौन्दर्यकरण गरी नमूना ब्यापारिक केन्द्र बनाउने योजना रहेको स्पष्ट पारिएको छ। पार्किङ स्थल बनाउन लागिएको नभई सौन्दर्यकरणका लागि फूल रोप्ने र इन्टर लक जडान गर्ने कार्यको तयारी भइरहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विकास निर्माणमा सबैको साझा सोच बनाई वृहत्तर हितमा अघि बढ्न नेपालगञ्ज उपमहानगरपालिका क्रियाशील रहेको भन्दै प्रवक्ता रिजालले सहयोगका लागि सबैमा अपील समेत गर्नुभएको छ ।
त्यस्तै आज दिउसो प्रबक्ता रिजाल, उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्मा लगायत नेपालगन्ज उधोग बाणिज्य संघकि उप महासचिब तारा रोकाया लगायतको टोली न्यू रोडमा निर्माण हुने स्थलको समेत अबलोकन गरेको छ। अबलोकनका क्रममा रोकायाले उप महानगरपालिकाले गर्न लागेको कार्य धेरै राम्रो भएको र यस्तो कार्यमा सबैको सहयोग हुनु आबश्यक रहेको बताउनु भयो।