क्रिकेट, फुटबल र शारिरिक सुगठनका खेलाडीलाई सरकारको डेढ करोड बढी पुरस्कार
प्रकाशित मिति : २०७६, १९ बैशाख बिहीबार १८:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाण्डौ । सरकारले फुटबल, क्रिकेट र शारिरीक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।युवा तथा खेलकुद मन्त्रालयले बिहीबार सिंहदरबारमा यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिजका विजेता क्रिकेट खेलाडी, १२ औं सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडी र विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता खेलाडी महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको हो ।
जस अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेट टिमका विजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गर्नुभयो । क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी तथा सोमपाल कामी नगद ५ लाखसहित सम्मानित हुनु भएको हो ।
त्यसैगरी क्रिकेटकै पवन सर्राफ, सन्दिप जोरा, भीम सार्की, प्रदिप ऐरी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ललितनारायण राजवंशी, अविनाश बोहरा, आरिफ शेख र रोहित कुमार पौडेललाई पनि नगद ५ लाख सहित सम्मान गरिएको छ ।
सरकारले क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ३ लाख नगदसहित सम्मान गरेको छ । मन्त्री विश्वकर्माले ब्याटिङका प्रशिक्षक उमेश पटुवा, ट्रेनर नन्डियाडा सुवाषचन्द्र पात्रो, फिजियो दिनेश भट्ट र म्यानेजर रमन शिवाकोटीलाई पनि जनही २ लाख नगदले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान पारख खड्काले सरकारले सो सम्मानबाट आफूहरुलाई झनै उत्साही बनाएको बताउनु भयो ।
सरकारले सन् २०१६ मा भारतमा सम्पन्न भएको १२ औं साग खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण पदक हात पार्न सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई पनि जनही ३ लाखका दरले पुरस्कार दिएको छ ।
नगद पुरस्कार पाउने खेलाडीहरुमा कप्तान विराज मर्हजन, एलन न्यौपाने, विकेश कुथु, अनन्त तामाङ, मानबहादुर तामाङ, आदित्य चौंधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, जगजित श्रेष्ठ, विशाल राई रहेका छन ।
त्यसैगरी विक्रम लामा, हेमन राई, प्रकाश बुढाथोकी, सुनिल बल, रञ्जन विष्ट, सुमन लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई पनि जनही ३ लाखका दरले सम्मान गरिएको छ ।कार्यक्रममा विश्व शारीरिक सुगठनका च्याम्पियन महेश्वर महर्जनलाई पनि ५ लाख नगद प्रदान गरिएको थियो ।