बढ्दो तापक्रम र तातो हावाले बाँकेको जनजीवन प्रभावित
प्रकाशित मिति : २०७६, १९ बैशाख बिहीबार १८:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।बढ्दो तापक्रम र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । बैशाख दोस्रो साता यता हरेक दिन अधिकतम् तापक्रम ४० डिग्री सेल्सियमाथि पुगेपछि जनजीवन प्रभावित भएको हो । नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । चर्को घाम र तातो हावाले मजदुरी गर्नेहरु सबैभन्दा बढी मारमा परेका छन् । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार तीन दिन यता अधिकतम् तापक्रम ४२ डिग्री सेल्सियस माथि रहेको छ । यसअघिका बर्षमा जेठ र असारमा अत्याधिक तापक्रम पुग्ने बाँकेमा यो बर्ष भने बैशाखमै रेकर्ड नाघेको हो ।
Advertisement