अबको न्याय गुणात्मक हुनुपर्छ–न्यायाधीश प्रधान
प्रकाशित मिति : २०७६, २० बैशाख शुक्रबार १८:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अवको न्याय पहुच, गुणात्मक र कार्यान्वयनमुखी हुनुपर्ने बताउनु भएको छ । अदालत निरिक्षणका क्रममा नेपालञ्ज आउनु भएकी प्रधानले आज नागरिक समाजका अगुवा, महिला अधिकारकारकर्मी तथा पेशागत संघ संगठनका प्रमुखसँगको अन्तरक्रियात्मक छलफलमा सो कुरा बताउनु भएको हो ।
अदालत एक्लैले न्याय दिन सम्भव नभएको भन्दै उहाँले अनुसन्धान प्रक्रियादेखि न्याययिक प्रक्रिया सम्म आउदा सवै पक्षको उत्तीकै जिम्मेवारी रहेको बताउनु भयो ।
आमनागरिकको न्यायमा सहज पहुँच र विश्वासको बातावरण बनाउनु सबैको दायित्व हुनुपर्नेमा उहाँको जोड थियो । सार्वजनिक सरोकारमा अदालतका फैसला कार्यान्वयन गर्नु सम्वन्धित पक्षको दायित्व भएको समेत उहाँको भनाई थियो । न्याय ढिलो हुने प्रसंगमा उहाँले सर्बोच्चमै मुद्धाको फैसला ढिलाई हुने गरेको स्वीकार्दै मुद्धाको चाप धेरै जनशक्त कमको आवस्था रहेको यथार्थता सुनाउनु भयो ।
Advertisement