नेपाल भारत सीमा क्षेत्रमा दुईदेशका सुरक्षा निकायको संयुक्त गस्ती
प्रकाशित मिति : २०७६, २१ बैशाख शनिबार १८:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।बाँके र भारतको बहराइच जिल्लाका सीमामा नेपाली र भारतिय सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् ।भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल भारत सीमा क्षेत्रको दशगजामा दुईदेशका सुरक्षा निकायले संयुक्त गस्ती गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र भारतीय सशस्त्र सीमा सुरक्षा बल( एसएसबि) बटालियन नंम्बर ४२ को कम्पनी ई मुन्सीपुरवाका कम्पनी कमाण्डर सुकुमार देवबर्माको संयुक्त कमाण्डमा नेपाल भारत सीमा क्षेत्रको जंगेपिल्लर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक शाहले सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि रोक्न र दुईदेशबीचको भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउन यस्तो खालको संयुक्त गस्ती गरिदै आएको जानकारी दिए ।
उनले नेपालमा निर्वाचन हुँदाको बखतमा पनि दुबै देशका सुरक्षा निकायले यसरी नै संयुक्त सुरक्षा गस्ती हुने गरेको र अहिले भारतमा पनि लोकसभाको निर्वाचन हुँदै गरेको अवस्थामा सीमा क्षेत्रको अवस्था बुझ्नको लागि संयुक्त गस्ति गरिएको उनले बताए ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबि० बटालियन नंम्बर ४२ को कम्पनी ई मुन्सीपुरवाका कम्पनी कमाण्डर देवबर्माले सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रमा संयुक्त रुपमा यसरी सुरक्षा गस्ती गर्दा सीमा क्षेत्रमा अपराधिक गविबिधी रोकिने, सीमा क्षेत्रको सुरक्षा हुने र दुबै प्रति शौहर्दता व्यक्त हुने भएकोले यस्तो खालको संयुक्त गस्तीको महत्व र प्रभावकारिता छुट्टै खालको हुने धारणा राखे ।
Advertisement
सो संयुक्त गस्तीमा २५ जना नेपाली सुरक्षाकर्मी र भारतका तर्फबाट १६ जनाको सहभागिता रहेको थियो । निर्वाचनको बेला होस वा अन्य समयमा सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न अपराधिक गतिबिधि रोक्नको लागि हरेक महिनामा दुई–तीन पटकसम्म यसरी संयुक्त गस्ति गरिदै आएको दुबै देशका सुरक्षा निकायका अधिकारीको भनाई रहेको छ ।
भारतको उत्तर प्रदेशमा आगामी मे ६ तारिकमा हुने लोकसभा निर्वाचनको लागि बैशाख २१ गते साँझदेखि २३ गते साँझसम्म नेपाल भारत बोर्डरमा आवागमनसमेत बन्द हुने भएको छ।
यसैबीच भारतको उत्तर प्रदेशमा बैशाख २३ गते हुन लागेको लोक सभा निर्बाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सिमा समन्वय समितिको ५१ औं बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियामा नेपाल–भारत सीमा क्षेत्रमा आवगमन ठप्प हुनेगरी बोर्डर बन्द हुने भारत बहराईचका जिल्ला अधिकारी शम्भु कुमारले बाँके बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।