बाँकेमा अदालतका एक कर्मचारी घुससहित पक्राउ
प्रकाशित मिति : २०७६, २२ बैशाख आईतवार १४:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । बाँकेको अदालतमा कार्यरत एक जना कर्मचारीलाई अख्तियारले पक्राउ गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जले घुस सहित एकजनालाई पक्राउ गरेकोछ ।
Advertisement
उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासमा कार्यरत टाइपिष्ट नायब सुब्बा कुमार पाठकलाई नगद तीन लाख घुस रकम सहित अख्तियारले शनिबार आफ्नो नियन्त्रणमा लिएको हो ।
शनिबार बेलुका पाठकलाई नेपालगन्जस्थित चारबाहिनी चोक नजिकै रहेको श्री लयर्स चेम्बरबाट पाठकलाई नियन्त्रणमा लिइएको हो । पाठकले अदालतमा विचारधीन मुद्दामा सहजिकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार शनिबार साँझ घुस लिँदै गरेको सूचना पाएपछि अख्तियारको टोली परिचालन गरिएको थियो।
पक्राउ परेका नायब सुब्बा पाठकले सेवाग्राहीसंग तीन लाख रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ ।