पशु क्वारेन्टाइनद्वारा नौ महिनामा ९ लाख बढी राजस्व संकलन
प्रकाशित मिति : २०७६, २३ बैशाख सोमबार २१:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । पशु क्वारेन्टाइन चेकपोष्ट, नेपालगञ्जले चालू आर्थिक बर्षको नौ महिनामा ९ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा क्वारेन्टाइनले २७ हजार ४ सय ३० वटा अवैध कुखुराका चल्ला बरामद गरेको छ । यस्तै ४ हजार २ सय ४४ वटा ब्रोइलर कुखुरा बरामद गरेको जनाएको छ । बरामद गरिएका चल्ला र कुखुरा नष्ट गरिएको चेकपोष्टका सूचना अधिकारी अम्मरबहादुर शाहीले जानकारी दिनुभयो ।
Advertisement
अवैध रुपमा भारतबाट नेपाल भित्रिन लागेका ब्रोइलर कुखुरा र चल्ला बरामद गरी नष्ट गरिएको हो । चेकपोष्टका अनुसार चालू आर्थिक बर्षको नौ महिनामा १ सय ६ किलो कुखुराको मासु, ९४ किलो अवैध माछा र ८ सय २६ वटा अण्डा बरामद गरी नष्ट गरिएको छ ।
अवैधरुपमा कुखुरा, चल्ला, मासु र अण्डा ओसारपसार गर्नेहरुलाई पक्राउ गरी कारवाही गरिएको पशु क्वारेन्टाइन चेकपोष्ट, नेपालगञ्जले जनाएको छ ।