बाँकेको नरैनापुर रोशनपुरुवाका गाउँलेहरुनै तस्कर सग मिलेपछि.. यसरी गयो अबैध केराउ भारत "यस्तो थियो घटना, पत्रकारमाथी समेत आक्रमण ! "
"यस्तो थियो घटना, पत्रकारमाथी समेत आक्रमण ! "
प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलवार १५:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर(बाँके)। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको तस्करी हुन लागेको अबैध केराउ थप मदत नआउँदा गाउलेनै भारत पुर्याएका छन। सोमबार दिउँसो नरैनापुर वडा नम्बर २ स्थित रोशनपुरुवामा लुकाएर राखेको अबैध केराउलाई भारत तस्करी गर्न बाट सशस्त्र प्रहरीले रोक्न खोजेेेेपनि भारत र नेपालको रोशनपुरुवाका सबै गाउँले प्रहरीलाईनै आक्रमण गर्न तम्सिएपछि अवस्थालाई अराजक बनाइ गाउलेले तस्करीको केराउ भारत लिएर गएका थिए।
Advertisement
प्रहरीमाथि आक्रमणको प्रयास हुँदा समेत रोशनपुरुवा पुगेको सशस्त्र प्रहरीले समेत केही गर्न सकेन ।निरीक्षक धर्मेेेन्द बमको टोलिले थप मदत मागिरह्यो तर मदत आउन नसक्दा गाउलेहरु हाबी भएका थिए।
हातमा २ थान राइफल भए पनि केबल ६ जना सशस्त्र प्रहरी र नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना सहित पत्रकारको टोलिको त्यस गाउँमा गाउलेहरुको अगाडी केही चलेन। अन्ततः भारतको रोशनपुरुवा र नरैनापुरको रोशनपुरुवा गाउँले तस्करलाई साथ दिदै आक्रमणमै उत्रिएर अबैध केराउसहितको ट्रयाक्टरलाई भारत लिएर गएका थिए। कमान्ड सम्हालेका निरीक्षक धर्मेन्द्र बमको अबैध केराउ रोक्ने ठुलो प्रयास सफल हुन सकेन।
भारत र नेपालको रोशनपुरुवा यस्तो गाउँ हो जुन गाउँहरु केबल एउटा बाटोले मात्र छुट्टयाएको छ। सशस्त्र प्रहरीका निरीक्षक बमले केराउलाई रोक्ने धेरै प्रयास गरे पनि दुबै गाउँका ४०० बढी गाउलेहरु आएर आक्रमण गर्न खोज्दा तस्करमा सङ्लन सइद भनेर आफुलाइ भन्ने एक युबकले ट्रयाक्टर सहितको केराउलाई सडक पार गराउदै भारतिय भुमीमा पुराएपछि प्रहरी भारतीय भुमीमा प्रबेश गर्न सकेन।
आफ्नो टोलिले नियन्त्रणमा लिएको २ ट्रलि अबैध केराउलाई आफ्नो अधिनमा लिएपनि करिब २ घन्टा सम्म थप मदत नआइपुग्दा सारा गाउँलेनै आक्रमणमा उत्रिदा निरीक्षक बम र बेहना सहितको टोलि निरीह बनेर हेर्न बिबस भयो। सुन्दा अचम्म प्रहरीले २ घण्टा सम्म यो केराउ कसको हो भनेर सारा गाउँलेलाई सोध्दा अन्त्यमा स्थानीय सइद भनिने एक युबकले केराउ धनीको बारेमा बताएका थिए। उनका अनुसार केेेहि दिन अघि राती मात्रै यहा ल्याएर छोडेको कुरा खुल्न आउँछ। उनले सबै कुरा गर्न आनाकानी गरिरहेको अवस्थामा उनले कसैलाई फोन गरेर त्यहाँ बाट गायब भएका थिए। सइद गायब भएको करिब १५ मिनेट पछि गाउँलेहरु एक्कासी सुरक्षाकर्मी, अध्यक्ष र पत्रकारमाथी आक्रमणमा उत्रिएका थिए ।
यति मात्रै होइन पत्रकारले फोटो र भिडियो खिच्न खोज्दा गाउँका स्थानिय महिलाहरुले आक्रमण समेत गरेका थिए ।
यति छिट्टै तस्करको गिरोहले सारा नेपाली र भारतीय गाउँलेलाई आफ्नो बसमा पारेको स्पष्ट देखिन्छ।आक्रमणमा सबै भन्दा बढी महिलाहरु, बच्चाहरु र बुढा लोग्ने मानिसलाई परिचालन गरिएको थियो। यसरी यत्रो ठुलो परिमाणमा अबैध केराउ नेपालगन्ज हुँदै नरैनापुर पुगेर भारत जादा पनि बाटोमा पर्ने प्रहरी कार्यालयले कुनै रोकतोक नगर्नुमा पनि ठुलो संकाको बिषय बनेको छ।
सधैझै नेपालगन्जबाट रातीको समयमा नरैनापुर हुँदै अबैध केराउसहित ट्रयाक्टरलाई भारत लिएर जाने गरे पनि भारतको बहराइचमा निर्बाचन भएका कारण नेपाल भारतको सिमा बन्द हुँदा उक्त केराउलाई नेपालको रोशनपुरुवामा लुकाइराखेको थियो। सोमबार साझ सिमा खुले लगत्तै केराउलाई तस्करी गरिने भएकाले नेपालको रोशनपुरुवामा लुकाएर राखिएको थियो।
कसरी पुगे सशस्त्र प्रहरी र अध्यक्ष बेहनासहित पत्रकार !
बाँकेबाट भारतमा प्रतेक दिन ३० लाख बराबरको अबैध केराउ तस्करी हुँदै आएको छ। यस अघि पनि सोही बाटो हुँदै केराउ भारत जाने गरेको थियो। यस अघि अबैध केराउ प्रहरीले जफत गरि भन्सारमा समेत बुझाइसकेको छ। त्यस्तै हिजो सोमबार दिउसो अबैध केराउ भारत तस्करी हुँदै छ भन्ने बिशेष सुचना आउँछ। सुचनाका आधारमा नेपालगन्जको वडा नम्बर ४ स्थित बसपार्कबाट नरैनापुरहुँदै २ ट्रलि अबैध केराउ भारत लगिदै छ ।
त्यस पश्चात् नेपालगन्ज भन्सारको सशस्त्र प्रहरीको टोलि र वडा नम्बर ४ का अध्यक्ष बेहना सहित पत्रकारको टोलि १२:३० बजे त्यस तर्फ प्रस्थान गर्यो। सुचनामा भनिएको थियो नरैनापुरको भारत सगै जोडिएको गाउँमा अबैध केराउ सहित ट्रली लुकाएर राखिएको छ। सशस्त्र प्रहरीका निरीक्षक धर्मेन्द्र बमको नेतृत्वमा भन्सारबाट टोलि त्यस स्थान तर्फ जान्छ। टोलि नरैनापुर त पुग्छ तर प्रहरीलाई त्यो गाउँ पत्ता लगाउनलाई धेरै समय लाग्छ। अन्त्यमा गाउँको नाम रोशनपुरुवा हो भन्ने फेरि सुचना आउँछ । सशस्त्र प्रहरी निरीक्षक बमले फेरि प्रहरी गाडीलाई बालापुर लिएर जान्छन् । त्यहाँबाट पश्चिम् तर्फ गएको पिसिसी सडक हुँदै प्रहरी टोलि त्यस गाउँ तर्फ रमाना हुन्छ। करिब ४-५ किलोमिटर पश्चिम् दक्षिण गएर बल्ल बल्ल नेपाल भारत सिमानामा पुग्दा त्यहाँ सोछे भन्दा उल्टो भेटियो।
त्यहाँ पुग्दा गाउँलाई केबल बाटोले भारत र नेपाल छुट्टयाएको छ। सशस्त्र प्रहरी हतियार सहित त्यस बाटो भएर जान नमिल्ने भए पछि अध्यक्ष बेहना , एक जना पत्रकार त्यही बाटो भएर रोशनपुरुवा गाउँको खोजी गर्दै जादा करिब एक किमि पुर्ब पैदल हिडेपछी सोही गाउँ फेला पर्छ। त्यस बेला दिउसोको ४ बजेको थियो।
त्यस पश्चात् त्यहाँ स्थानिय सग अध्यक्ष बेहनाले हामी केराउको व्यापारी भएको कुरा गर्दा एक जना भारतिय स्थानियले केराउ नेपालको रोशनपुरुवामा राखिएको र त्यहाँ गएर बुझन भन्दा केही पर जादा एउटा ट्रलि सहितको अबैध केराउ फेला परेको थियो। त्यस पछि सशस्त्र प्रहरीको टोलि नेपालको भुमी भएर त्यहाँ लुकाइराखेको ठाँउमा पुगेर आफ्नो नियन्त्रणमा लिन्छ। फेरि खोजी कार्य हुन्छ र करिब १५ मिनेट पछि अर्को एउटा ट्रलि अबैध केराउ फेला पर्छ। त्यस पश्चात् २ घन्टा पछि केराउ धनीको हो भनेर सोध खोज गर्दा एक जना युबकले यो केराउ नेपालगन्जका लिला चौधरी, अब्दुल जलिल उर्फ मुन्ना मन्सुरी भारत नानपाराका सराफत अलि बेहना र बब्लु मन्सुरीको रहेको जानकारी दिन्छन् । प्रहरीको लामो सोधपुछ पछि सइदले आफुलाइ अरु केही पनि थाहा नभएको र उनिहरु नेपालगन्जमा रहेको जानकारी दिन्छन् ।
सारा गाउलेनै तस्करहरुलाई साथ दिदा सशस्त्र प्रहरी निरीक्षक बम सहितको टोलि आक्रमण बाट आफुहरुलाइ जोगाउन बाध्य बनेको थियो।
यस बारेमा बाँके प्रहरी प्रमुख अरुण पौडेल सग कुरा गर्दा उनले यस बारेमा केराउ तस्करी भइरहेको कुरा आफुलाइ जानकारी नभएको र अब आफ्नो मातहतका नरैनापुरका प्रहरी कार्यालयलाई यो तस्करी रोक्न निर्देशन दिने बताए।
समाचारमा रहेको चौथो तस्बिरमा रहेको युबकलेनै अबैध केराउलाई भारतमा लिएका थिए।