नेपालगन्ज उपमहानगरपालिकाका एक कर्मचारी मृत फेला परे
प्रकाशित मिति : २०७६, २७ बैशाख शुक्रबार १६:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको रंगशाला नजिकै एक जना पुरुष मृत फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखामा कार्यरत कर्मचारी (आज ) शुक्रबार दिउँसो ११ बजेको समयमा मृत अवस्थामा फेला परेका हुन् ।
Advertisement
उप–महानगरपालिकाको फोहर संकलन गर्ने टिपरको चालकका रुपमा ज्यालादारीमा कार्यरत रुपेश कुमार तुलाधरको शव जिल्ला समन्वय समिति बाँकेको कार्यालयको पछाडितर्फ फेला परेको हो ।
तुलाधरको शव घोप्टोमुखी भएर पल्टीरहेको अवस्थामा घाँस काट्नेहरुले देखेपछि जिल्ला समन्वय समितिका सुरक्षा गार्डलाई खबर गरेको
नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख अशोक केसीले बताए। लगत्तै समन्वय समितिबाट प्रहरीलाई खबर गरेर हेर्दा तुलाधर मृत अवस्थामा रहको थाहा लागेको थियो ।
तुलाधरको अनुहारको दायाँ भागमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक तुलाधरको हातमा कलम र गाडीको चाबी कसिलो गरी समातेको देखिएको छ । तुलाधर मृत भेटिएको ठाउँ वरपर झ्याङ् रहेको छ ।
जहाँ खासै मानिसहरुको आवजाउ हुँदैन । प्रहरीले शवलाई पोस्टमार्टमका लागि भेरी अस्पतालमा लगेको छ । अन्दाजी ४० बर्षीय तुलाधर नेपालगन्ज वडा नं ३ का स्थायी बासिन्दा हुन् । तुलाधरको मृत्युको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।