बाँके र बर्दियाका तीन स्थानीय तहमा निःशुल्क सुरक्षा गार्ड तालिम शुरु
प्रकाशित मिति : २०७६, २७ बैशाख शुक्रबार १७:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। बाँके र बर्दियाका तीन स्थानीय तहमा निःशुल्क सुरक्षा गार्ड तालिम शुरु भएको छ । बाँकेको कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका तथा बर्दियाको बढैयाताल गाउँपालिकामा आजदेखि एक महिने निःशुल्क सुरक्षा गार्ड तालिम शुरु भएको हो । २५/२५ जना सहभागी रहेको तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगञ्ज र समाज विकासमा गतिशिलता धनगढी, कैलालीको संयुक्त साझेदारीमा सञ्चालन गरिएको हो ।
Advertisement
खजुरा गाउँपालिका वडा नम्बर ३ बागमतिनगरमा शुरु भएको तालिमको गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले हरेक क्षेत्रमा सुरक्षा गार्ड राख्ने प्रचलन बढेकाले तालिम पश्चात् अवसर पाउन सजिलो हुने बताउनुभयो । उपाध्यक्ष एकमाया विकले तालिमबाट दक्षता हासिल गर्दैै रोजगारीको अवसर सिर्जना हुने धारणा व्यक्त गर्नुभयो । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगञ्जका प्रमुख जेन्टिल गौतमले सुरक्षा गार्डको आवश्यकता र महत्व बढेकाले तालिम पश्चात् थुप्रै अवसरहरु प्राप्त हुने बताउनुभयो। अनुशासन पूर्वक तालिम लिएर दक्षता हासिल गरेमा अवसरहरु पाउन गाह्रो नहुने भन्दै उहाँले गाउँपालिकाभित्र कुनै अवसर आएमा तालिम लिएका स्थानीय युवाहरुलाई नै प्राथमिकता दिन आग्रह गर्नुभयो ।
उता बढैयाताल गाउँपालिका वडा नम्बर ३ भोलागौडीमा शुरु भएको तालिम उद्घाटन कार्यक्रम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगञ्जका प्रमुख गौतमको प्रमुख आतिथ्यता एवम् वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । समाज विकासमा गतिशिलता धनगढीका उपाध्यक्ष लाल बहादुर देउबाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम संयोजक दल बहादुर वलीले गर्नुभएको थियो ।
त्यस्तै कोहलपुर नगरपालिकाको वडा नम्बर ११ मा शुरु भएको तालिम गौतमकै प्रमुख आतिथ्यता र वडा अध्यक्ष कर्णबहादुर थापाको विशिष्ट आतिथ्यतामा भएको थियो । तालिमको प्रशिक्षकहरुमा खजुरामा भुपेन्द्र राना, बढैयातालमा खेम बहादुर केसी र कोहलपुरमा बल बहादुर बुढा मगर रहनुभएको छ ।