लोडसेडिङ गराउने गिरोह सकृय भएको विधुत प्राधिकरणका प्रमुख घिसिङको आरोप
प्रकाशित मिति : २०७६, २८ बैशाख शनिबार १२:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले आफुलाई असहयोग गरी मुलुकमा पुन लोडसेडिङ्ग गराउने गिरोह सकृय रहेको आरोप लगाउनुभएको छ ।
जनता टेलिभिजनसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले विगतमा सक्रिय लोडसेडिङ्ग गराउने गिरोहले प्राधिकरणलगायत आपूmलाई असफल पार्न सलबलाएको बताउनुभयो ।
आपूmले प्राधिकरणको नेतृत्व गरेपछि वैज्ञानिक ढंगबाट विद्युत आपूर्ति व्यवस्था मिलाएको दावी गर्नुभयो । लोडसेडिङ गराई आर्थिक र राजनीतिक लाभ लिन सक्रिय गिरोह असफल हुने भन्दै कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले लोडसेडिङ्ग हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा घिसिङले काठमाडौं उपत्यकाको विद्युत आपूर्तिका लागि बिस्तार गर्न लागिएको १ सय ३२ केवी प्रसारण लाइनमा ललितपुरको खोकनाबासीले अवरोध गरेको बताउनुभयो ।
प्रसारण लाइन बिस्तार हुन नसके काठमाण्डौ उपत्यकामा विद्युत वितरणमा समस्या हुने चेतावनीसमेत दिनुभयो । प्रमुख घिसिङले धेरै विद्युत उत्पादन केन्द्रको निमार्ण कार्य अन्तिम चरणमा पुगेको भन्दै आगामी बर्षबाट थप विद्युत प्राप्त हुने र निर्यातसमेत गर्न सकिने बताउनु भयो ।