नेपालगञ्जमा बोटानिकल गार्डेन निर्माण हुदै
प्रकाशित मिति : २०७६, २९ बैशाख आईतवार १३:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्जमा बोटानिकल गार्डेन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० एअरपोर्ट नजिकै ३६ हेक्टर क्षेत्रफलमा अत्याधुनिक गार्डेन बन्न लागेको हो । नेपालगञ्ज उपमहानगरपालिकाको पहल र वडा कार्यालय सक्रियतामा प्रदेश सरकारले वन कार्यालय मार्फत् करिव डेढ करोड रकम उपलव्ध गराएको हो । वडा नं. २० को कार्यालयले गार्डेन निर्माणको प्रक्रियाका लागि टेण्डर समेत आह्वान गरेर पहिलो चरणको काम शुरु गर्ने तयारी गरेको छ ।
बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको गार्डेन दशैंसम्म सञ्चालनमा ल्याउने गरी तयारी गरिएको वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । नक्सासहितको वजेट शिलिङ बनाइएकाले अब केही दिनभित्रै निर्माण प्रक्रिया शुरु गरिने पनि वडा अध्यक्ष कार्कीले जनाउनुभयो । गार्डेनमा हरियो, आकर्षक मैदानसहित विभिन्न फूल, विरुवाहरु पनि लगाइने छन् । गार्डेनमा थुप्रै भौतिक संरचना पनि निर्माण हुँदैछन् । गार्डेन क्षेत्रमा पिकनिक स्थल, आवास, चौतारी, आकर्षक बत्ती लाइट, टिकट काउन्टर लगायतका संरचना बनाइने भएको हो । नेपालगञ्ज नजिक पिकनिक स्थलको अभाव भइरहेका बेला उक्त गार्डेन निर्माणले त्यसको परिपूर्ति गर्ने विश्वास गरिएको छ । यसैबीच नेपालगञ्ज उपमहानगरपालिकाले बागेश्वरी मन्दिर, पुरैनीको कान्ती ताल, धम्वोझीको वाटर पार्कलाई पनि आकर्षक र पर्यटकीय स्थलका रुपमा विकास गर्दैछ । यसअघि रानीतलाउलाई पुनःनिर्माण गरी बोटिङ सञ्चालन गरिसकिएको छ । पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले देशभर दर्जन बढी पार्क निर्माण गर्न लागेको छ ।
Advertisement