हराएको छोरा खोजिदिन आमाबाबुको आग्रह
प्रकाशित मिति : २०७६, २९ बैशाख आईतवार १५:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।हराएको छोरा खोजिदिन आमाबाबुले सबैलाई आग्रह गरेका छन् ।सुर्खेतका १५ बर्षीय नरेश खत्री हराएको धेरै दिन भइसक्दा पनि नभेटिएपछि आमाबुबाले आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेका छन् ।
Advertisement
छोरा खोज्दै नेपालगञ्ज आइपुगेका विरन्द्रनगर नगरपालिका वडा नम्बर १२ नेवारे सुर्खेतका यम बहादुर खत्री र गंगा खत्रीले छोराको खोजी गरिदिन आग्रह गरेका हुन् ।
छोरा बैशाख १७ गते दिउँसो ३ बजेदेखि घरबाटै हराएको आमा गंगाले बताइन । स्थानीय अमरज्योति विद्यालयमा कक्षा ९ मा पढिरहेका गहुँगोरो बर्णका नरेशलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन उनिहरुले आग्रह गरेका छन ।