उच्च अदालत बार नेपालगञ्जले माग्यो आफ्नै अध्यक्ष आचार्यसंग लिखित स्पष्टीकरण
प्रकाशित मिति : २०७६, ३१ बैशाख मंगलवार १०:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उच्च अदालत बार एसोसियसन नेपालगञ्जले एसोसियसनका अध्यक्ष विकास आचार्यसंग लिखित स्पष्टीकरण मागेको छ । बार एसोसियसनको आइतबार बसेको कार्यसमिति बैठकले यथार्थ विवरण सहितको लिखित जवाफ ७ दिनभित्र पेश गर्न आचार्यलाई पत्र काटेको हो ।
Advertisement
उच्च उदालतसंग विवाद समाधान नभएसम्म कार्यक्रममा नजाने कार्यसमितिमा भएको भद्र सहमति विपरित अदालतको कार्यक्रममा उपस्थित भएको, लयर्स चेम्बर्सबाट अख्तियारले कृष्णकुमार पाठकलाई पक्राउ गरेको सम्बन्धमा कार्यसमितिमा छलफल र निर्णय नै नगराई प्रेस विज्ञप्ति निकालिएको तथा जग्गा विवादमा आचार्यको नाम जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भइरहेको विषयमा अध्यक्ष आचार्यलाई लिखित स्पष्टीकरण दिन भनिएको छ ।
अध्यक्ष आचार्यका पछिल्ला क्रियाकलापले बार एसोसियसनको मानमर्दन भएको ठहर गरेर कार्यसमिति बैठकले उहाँसंग लिखित स्पष्टीकरण मागेको सचिव चित्र बहादुर शाहीले बताउनुभयो ।