नेपालगन्जको वडा नम्बर १३ मा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न
प्रकाशित मिति : २०७६, ३१ बैशाख मंगलवार १६:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको वडा नम्बर १३ मा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न भएको छ। १३ नम्बर वडाको आर्थिक सहयोग र उदयपुर स्वास्थ्य चौकी १३ नम्बर वडाको आयोजनामा वडाका आमा समुुुह र स्वयमसेबिकाहरुका लागि २ दिने तालिम दिइएको हो।
Advertisement
सोमबारबाट शुरु भएको तालिममा स्वास्थ्य सम्बन्धि जनचेतनाका साथै स्वास्थ्य सस्थाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु लगायत अन्य सेवाको बारेमा जानकारी दिइएको थियो।
नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहको प्रमुख आथित्य तथा उदयपुर स्वास्थ्य चौकीका प्रमुख टेक बहादुर केसीको अध्यक्षता सम्पन्न भएको तालिमको पहिलो दिनमा ३१ जना आमा समुहका महिला र ६ जना स्वयमसेबिकाहरुले तालिम लिएका थिए।त्य्स्तै तालिमको अन्तिम दिनमा आमा समुहका महिलाहरु र स्वयंसेबिका गरि ४० जनाको सहभागिता रहेको थियो भने तालिमको प्रशिक्षकमा ठाकुर प्रसाद लामिछाने , हेम राज उपाध्याय र प्रेमा बिसी रहेका थिए।
जेष्ठ नागरिकलाई घरमै स्वास्थ्री सेवा
वडा नम्बर १३ कै उदयपुर स्वास्थ्य चौकीले घरमै गएर जेष्ठ नागरिकहरुको स्वास्थ्य जांच कार्यको शुरूवात गरेको छ। ८४ बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य चौकी सम्म आउन कठिन हुने हुँदा चौकीले यो अभियानको थालनी गरेको छ। स्वास्थ्य चौकीद्वारा गरिने घरमै गइ स्वास्थ्य जाँच महिनामा २ पटक गरिने स्वास्थ्य चौकी प्रमुख टेक बहादुर केसीले बताए।