किन बद्नाम हुदैछन् बाँकेका कानुन ब्यवसायी..
प्रकाशित मिति : २०७६, ३ जेष्ठ शुक्रबार ०९:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।उच्च अदालत बार नेपालगन्जका अध्यक्ष विकास आचार्यसहित ३ जना कानुन ब्यवसायीले सञ्चालन गरेको श्री लयर्स च्याम्बरमा गत बैशाख तेस्रो साता उच्च अदालत नेपालगन्जका टाईपिष्ट (नायव सुब्बा)कृष्णकुमार पाठक तीन लाख घुससहित पक्राउ परे । उक्त ल फर्ममा घुसको लेनदेन भईरहेको सुईको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले उनलाई पक्राउ गरेको थियो । घुस प्रकरणमा जोडिएपछि लयर्स च्याम्बरको साईन बोर्ड रातारात हटाईयो र अख्तियारले उक्त घटनाबारे जारी गरेको विज्ञप्तीको उच्च अदालत बारका अध्यक्ष विकास आचार्य र जिल्ला बार अध्यक्ष मोहम्मद अयुव सिद्धिकीले संयुक्त विज्ञप्तीमार्फत प्रतिवाद गरे । उच्च अदालत नेपालगन्ज इजलासका नायव सुब्बा कृष्णकुमार पाठकलाई लयर्स च्याम्बरबाट ३ लाख घुसहित नियन्त्रणमा लिएको भन्ने ब्यहोरासहितको अख्तियारको विज्ञप्तीलाई आधार लिई विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचारको विज्ञप्तीमार्फत खण्डन गरियो ।
Advertisement
आयोगबाट प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख भए बमोजिम लयर्स च्याम्बरबाट घुस वापतको रकम लिदा लिदै पाठक पक्राउ नपरेको अवस्थामा समेत लयर्स च्याम्बरलाई जोडी सेवाग्राहीबाट ३ लाख घुस वापतको रकम लिदै गर्दा पक्राउ गरिएको भनि जारी गरिएको प्रेस विज्ञप्ती र विज्ञप्तीलाई आधार मानेर प्रकाशित समाचारप्रति विज्ञप्तीमार्फत खेद ब्यक्त गरे । घुस प्रकरणको घटना सेलाउन नपाउँदै उच्च अदालत बार अध्यक्ष आचार्यमाथी अर्को अभियोग लाग्यो । उनीमाथी एक महिलालाई झुक्याएर उनको जग्गा आफ्नो नाममा गराएको गम्भिर आरोप लागेको छ । बाँके डुडुवा गाउँपालिका–२ बेतहनीका उषा कुर्मीको १ विघा १५ कठ्ठा ४ धुर जग्गा आचार्यले आफ्नो नाममा गराएको पीडितले बताउँदै आएकी छन् । बेतहनीका नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा आचार्यले आफ्नो करोडौं मूल्यको नाममा गराएको पीडित उषाले केहीदिन अघि पत्रकार भेटघाटमा बताएकी थिईन् ।
सोही जग्गा विषयलाई लिएर आमाको उपचार गरिदिने बहानामा आफु र बुवालाई भारतमा लगेर करिव ६ महिना उनीहरुले बन्धक बनाएको उषाको आरोप छ । पत्रकारमाझ उनले भनेकी थिईन्, ‘डाक्टर आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर डाक्टर पनि आएनन् । ममाथि दुर्गा र रामले पटक–पटक बलात्कार गरे ।’ घुस प्रकरण र जग्गा प्रकरणमा कानुन ब्यवसायीको संलग्नता जोडिएपछि बाँकेको कानुन ब्यवसाय क्षेत्र बद्नाम भईरहेको छ । सडक, चोक, गल्ली तथा चिया पसलमा घुस प्रकरण र जग्गा प्रकरणको चर्चा हुने गरेको छ । उक्त घटनाबाट ईमान्दारी पुर्वक आफ्नो धर्म निर्वाह गरिरहेका कानुन ब्यवसायी चिन्तित छन् । जिल्लामा हालै भएका दुई घटनामा कानुन ब्यवसायी त्यो पनि संगठनकै अध्यक्षमाथी आरोप लागेपछि कानुन ब्यवसायीहरु दुई समुहमा विभाजित भएका छन् ।
अधिकांस कानुन ब्यवसायीले जो कोही भएपनि कानुन विपरित काम गर्ने ब्यक्ति सजायको भागिदार हुनुपर्ने बताएका छन् । ‘अख्तियारले ल फर्ममा छापा मारेको घटनाले हामीलाई लज्जित बनाएकै थियो, जग्गा प्रकरणमा पनि उच्च अदालत बारकै अध्यक्षमाथी गम्भिर आरोप लागेपछि सिंगो ब्यवसाय नै बद्नाम भएको छ,’ नेपालगन्जका एक अगुवा कानुन ब्यवसायीले भने ‘यो घटनामा पीडितले न्याय पाउनुपर्छ, बार अध्यक्षले पनि आफुमाथी लागेको आरोपबारे अनुसन्धानमा आवश्यक सहयोग गर्नुपर्छ ।’ तर, कतिपय कानुन ब्यवसायीले पीडितलाई थप पीडा दिन अध्यक्ष आचार्यलाई बचाउन विभिन्न शक्तिकेन्द्र धाईरहेको उनले गुनासो गरे। ‘मलाई दुःख लागिरहेको छ, अहिले केही अग्रज कानुन ब्यवसायी मित्रहरु आरोपीलाई उल्टै बचाउन लागिरहनु भएको छ, कहिले राजनीतिक दलका ढोकामा पुग्नु भएको छ, कहिले प्रहरी प्रशासनलाई गुहार मागिरहनु भएको छ,’ उनले भने ‘कानुन ब्यवसायी पनि यही देशको नागरिक हो, अपराध गरेपछि सर्बसाधारणले सजाय पाउने, कानुन ब्यवसायीले नपाउने भन्ने कुन धारामा लेखेको छ र रु’ पैसा फ्याँकेर भएपनि केश मिलाउन एउटा समुह सक्रिय नै भएको स्रोतले जनाएको छ ।
उच्च अदालत बारका अध्यक्षमाथी गम्भिर आरोप लागिरहँदा नेपाल बार एशोसियशनले पनि केन्द्रबाट कुनै चासो नदिएको बाँकेका काुनन ब्यवसायीको गुनासो छ । बाँकेमा उत्पन्न दुई घटनाबारे केन्द्रिय बार मौन बस्दा न्यायक्षेत्रमाथीको विश्वास गुमेको उनीहरुको ठहर छ । कानुन ब्यवसायीमाझ चलखेल बढेको थाहा पाएपछि पीडित उषा थप पीडित भईरहेकी छन् । उनले दोषी उपर कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा केहीदिन पहिले निवेदन दिएकी थिईन् । तर, प्रहरीले उक्त घटनालाई ‘तपाईहरु मिलेर आउनुस्’ भन्दै अगाडी बढाउन चाहेन । कानुन ब्यवसायी र प्रहरी मिलेर आफ्नो मुद्दा कमजोर बनाईदिने चिन्ताले उषा अन्यौलमा छिन् । ‘पीडितको जग्गा फिर्ता गर्ने आश्वासन दिएर मुद्दा अगाडी नबढाउन भूमाफिया र केही कानुन ब्यवसायी लागिपरेका छन्,’ स्रोतले भन्यो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक(डिएसपी) प्रकाश सापकोटाले पीडितले सामान्य खालको एउटा निवेदन दिएको जानकारी दिदै जाहेरी भने दर्ता नभएको बताए । ‘एउटा सामान्य निवेदन आएको थियो, अनौपचारिक हिसाबले उहाँहरु मिल्नु भयो भन्ने कुरा सुनेका छौं,’ उनले भने । जग्गा प्रकरणमा मुछिएका अधिवक्ता आचार्यले काठमाडौ पुगेर केहीदिन अघि नेपालगन्ज फर्किएका छन् । आचार्यले दुई वटै घटनाको खण्डन गर्दै आएका छन् । अख्तियारले लयर्स च्याम्बरबाट ३ लाख घुससहित अदालतका कर्मचारीलाई पक्राउ नगरेको जिकिर गर्दै आएका छन्, भने जग्गा प्रकरणका सम्बन्धमा कानुन बमोजिम नै आफुले पैसा बुझाएर खरिद गरेको दाबी गरेका छन् ।
जग्गा प्रकरणमा मुछिएपछि भने आचार्य उच्च अदालत बारको कार्यालयमा जान छाडेका छन् ।
कानुन ब्यवसायीको आचारसंहिता विपरित अध्यक्ष आचार्य हिडिरहेको भन्दै उनीमाथी संस्थागत कारबाही गर्नुपर्नेमा उच्च अदालत बारका बहुमत कार्यसमितिले सहमती जनाएका छन् । सोही अनुरुप आचार्यलाई उच्च अदालत बारको कार्यसमितिले स्पष्टीकरण सोधेको छ । उनलाई यर्थाथ विवरण सहितको लिखित जवाफ ७ दिनभित्र उपलब्ध गराउन पत्र बुझाईसकिएको सचिव चित्रबहादुर शाहीले बताए । यही बैशाख २९ गते बसेको बारको कार्यसमिति बैठकले गरेको निर्णय अनुसार लिखित जवाफ माग्ने निर्णय भएको हो । जग्गा विवाद सम्बन्धमा पटक पटक उच्च अदालत बार एशोसियशनका अध्यक्ष आचार्यको नाम जोडी पत्र पत्रिकामा समाचार सम्प्रेषण भएकाले बार एशोसियशनको मानमर्दन भएको अनुभुति भएको भन्दै सो सम्बन्धमा यर्थात विवरण उपलब्ध गराउन भनिएको छ ।
यस्तै लयर्स च्याम्बरबाट अख्तियारले कृष्णकुमार पाठकलाई पक्राउ गरेको सम्बन्धमा उच्च अदालत बारको कार्यसमितिमा छलफल र निर्णय नै नगराई आचार्यले प्रेस विज्ञप्ती निकालेको भन्दै यसको यर्थाथ विवरण उपलब्ध गराउनुपर्ने कार्यसमिति बैठकले निर्देशन दिएको छ । विवाद समाधान नहुँदा सम्म उच्च अदालतको कार्यक्रममा नजाने भनि अधिकांस कार्यसमितिबीच भद्र मौखिक सहमति गरेर अध्यक्ष आचार्य कार्यक्रममा आफै उपस्थित भएको विषयमा पनि कार्यसमिति बैठकले जवाफ मागेको छ । विवाद समाधान नहुँदा सम्म कुनैपनि कार्यक्रममा संस्थागत प्रतिनिधित्व र बारको बैठकमा भाग नलिन आचार्यलाई बैठकले निर्देशन दिएको छ। उनी पछिल्लो समयमा सार्वजनिक कार्यक्रमहरुमा भने देखिन छाडेका छन् । उच्च अदालत बारमा उपाध्यक्ष रामगोपाल कुर्मीले हाल कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
छिनछिनखबरबाट।