नेपालगन्जको राझा गेटमा बिमानस्थल जाने बाटोको सान्केतिक चिन्न नराख्दा अझै झुकिन्छन नयाँ यात्रुहरु
प्रकाशित मिति : २०७६, ३ जेष्ठ शुक्रबार १९:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । कतिपय नयाँ राझा बिमानस्थल प्रयोगकर्ताहरु अझै झुक्किने गरेका छन् । काठमाडौं जाने कयौं यात्रुहरु राझा चोकमा आएर झुक्किने गरेका छन् ।नेपालगन्ज हुँदै काठमाडौं जाने कयौं यात्रुहरु राझा चोकमा आएर बिमानस्थल जाने कता बाट भनेर सोध्ने गरेका छन् । राझांं चोकबाट बिमानस्थल जाने एउटैै मुख्य बाटो छ तर पनि नयाँ यात्रुहरु अझै झुक्किने गरेका छन।
Advertisement
कारण हो, निर्माण गरिएको गेटमा राझाँँ बिमानस्थलको संकेत नगरिनु। शुक्रवार दिउसो बर्दियाका दुइ जना ब्यक्ति राझा चोकमा आएर ट्राफिक प्रहरीलाई सोधे बिमानस्थल जाने बाटो कता भनेर? ट्राफिक प्रहरीले समेत अचम्म मानेर प्रश्न गरे,’ तपाईहरुलाइ थाहा छैन र? अनि उनिहरुले जवाफ दिए कि हामी पहिलो पटक यो बिमानस्थल भएर काठमाडौं जादैछौ।ट्राफिकलाई मात्रै होइन त्यहा रहेका अन्य सर्बसाधरणले अचम्म माने।सुन्दा अचम्म तर यो बास्तबिकता हो, निर्मााण गरिएको गेेटमा बिमानस्थल यता भनेर नलेखिनुले कैयौं नब आगन्तुक यात्रुहरु झुक्किने गर्दै आएका छन् ।
त्यहाँका स्थानियहरु भन्छन् ,’आज मात्रै होइन अरु बेला पनि टाढा टाढाबाट आउने नयाँ यात्रु प्राय जसो झुक्किने गर्छन्’ ।धेरै जसो यात्रुहरु गेटमा बिमानस्थल यता भनेर झल्किने संकेत नदेख्दा गेटनेर आएर बिमान स्थलको बाटो कता भनेर सोध्ने गरेको स्थानिय रमेश चौधरीले बताए।
सम्बन्धित निकायले राझा बिमानस्थल प्रबेश द्वारमा शोभा बढाउनको लागि गेट निर्माण गरेपनि बिमानस्थल यता भनेर सान्केतिक चिन्न नराख्दा आज मात्रै होइन धेरै जसो समयमा बिमानस्थल भएर काठमाडौं जाने नब आगन्तुकहरु झुक्किने गरेका छन् । गेट निर्माण भएको लामो समय बितिसक्दा समेत सम्बन्धित निकायले सान्केतिक चिन्न नराख्दा नब आगन्तुक यात्रुहरु झुक्किने हुँदा समयमै ध्यान जान जरुरी छ।