विप्लव नेता ढकाललाई अदालतबाट छुटे छुटे लगत्तै पुनः प्रकाउ गर्न खोज्दा झडप
प्रकाशित मिति : २०७६, ३ जेष्ठ शुक्रबार २०:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेता भएको आरोपमा पक्राउ परेका चिरन्जीवी ढकाल जिल्ला अदालत काठमाडौको आदेशले छुटे लगत्तै पुनः प्रहरीले पक्राउ गर्न खोजेपछि झडप भएको छ।
अखिल क्रान्तिकारीका अध्यक्ष तथा कानुन व्यवसायी समेत रहेका ढकाललाई प्रकाउ गर्न खोज्दा काठमाडौ जिल्ला अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको हो। ललितपुर जिल्ला बार एसोसिएसनका कार्यसमिति सदस्य चिरन्जीवी ढकाललाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको थियो।
प्रतिबन्धित चन्द समूहको गतिविधिमा संलग्न भएको भन्दै गत २७ बैसाखमा विभिन्न ११ विद्यार्थी संगठनले गरेको पत्रकार सम्मेलन सकिएपश्चात् अनामनगरबाट प्रहरीले घेरा हालेर उनलाई पक्राउ गरेको थियो।त्यसविरुद्ध जिल्ला अदालत काठमाडौंमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर भएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा रहेर मुद्दाको
पुर्पक्ष गर्न आदेश दिएको थियो। तर, प्रहरीले उनलाई अदालतको गेटबाटै पक्राउ गर्न खोजेपछि झडप भएको हो।ढकाललाई पुनः पक्राउ गर्नुपर्ने कारणसहितको पक्राउ पूर्जी दिएर मात्रै पक्राउ गर्न भन्दै कानुन व्यवसायीहरुले माग राखेपछि प्रहरीले धरपकड गरेको थियो। सो क्रममा ४ जना कानुन व्यवसायी घाइते भएका अधिवक्ता चन्द्र गुरागाईंले बताउनुभयो । राजनीतिक आस्था र विचारका आधारमा कसैलाई पनि पक्राउ गर्न नपाइने आदेशमा उल्लेख छ। प्रहरीले ढकालविरुद्धको मुद्दा बिहीबार अदालतमा दर्ता गरेको थियो। शुक्रबार थुनछेकसम्बन्धी बहस भएको थियो।उनको पक्षमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष इश्वरीप्रसाद भट्टराई, महासचिव लिलामणि पौडेल, वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायतले बहस गरेका थिए।
चन्द समूहसँग राजनीतिक आस्थासम्म राखिएको भन्ने देखिएको कुनै पनि तत्काल प्रमाणबाट सरकारप्रति घृणा द्वैष फैलाउने प्रकृतिका कार्य नगरेको देखिन आएको हुँदा साधरण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु,’ आदेशमा भनिएको छ।