नेपालगञ्जको वडा नं. २२मा किशोरी सशक्तिकरण केन्द्र संचालनमा
प्रकाशित मिति : २०७६, ५ जेष्ठ आईतवार २०:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । किशोरीहरुलाई प्रज्जन स्वास्थ्य तथा संरक्षणको लागि ज्ञानअभिबृद्धि गराउनका लागि नेपालगञ्ज २२ पुरैनीमा आज देखि किशोरी सशक्तिकरण केन्द्र संचालन गरिएको छ।
आइसीडियाको आर्थिक सहयोगमा वडा कार्यालयसँगको सहकार्यमा सिविन नेपला क्षेत्रीय कार्यालय नेपालगञ्जले संचालन गरेको केन्द्रको वडा अध्यक्ष बिद्या राम बर्मा र सिविन नेपालगञ्जका क्षेत्रीय प्रमुख सिद्धराज पनेरुले संयुक्त रुपमा कक्षाको उद्घाटन गरी केन्द्र संचालनमा आएको हो ।
किशोरी अवस्थामा बालिकाहरुमा आउने प्रज्जन स्वास्थ्य सम्बन्धि परिवर्तन, बालबालिका माथि हुन सक्ने जोखिम, बाल विवाह न्युनिकरण तथा बालिकाहरुको क्षमता अभिबृद्धिका लागि संचालन गरिएको केन्द्रमा दलित, मधेशी, मुस्लिम तथा जनजाती समुदायका ३्र० जना स्थानीय किशोरीहरुको सहभागिता रहनेछ । दैनिक १ घण्टा संचालन हुने केन्द्रमा ९ महिना सम्मा संचालनमा रहनेछ । केन्द्रमा आउने सहभागि किशोरीहरुको छमता अभिबृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम तथा अभिभावहरुको लागि समेत तालिम तथा अवलोकन कार्यक्रमहरु संचालन हुने सिविन नेपालगंजका क्षेत्रीय प्रमुख सिद्धराज पनेरुले जानकारी दिनु भएको छ ।
केन्द्रको उद्घाटनमा वडा अध्यक्ष बिद्या राम बर्माले सहभागि सबै किशोरीहरुलाई केन्द्रमा नियमित रुपमा आएर शिक्षा हासिल गर्न अनुरोध गर्नु भयो । उहाँले किशोरीहरुको सशक्तिकरणका लागि संचालित कार्यक्रमभएकोले सबै अभिभावकहरुलाई आफनो बालिकाहरुलाई केन्द्रमा पठाएर सहयोग गर्नुपर्ने बताउनु भयो । केन्द्रको लागि मोनु गोडियाले दैनिक सहजिकरण गर्नु हुनेछ । सिविनले परियोजना मार्फत वडा नं. २२ मा रहेको दुई वटा विद्यालयका शिक्षकहरुको क्षमता अभिबृद्धि सँगै बालबालिकाहरुलाई शौक्षिक सामग्रीहरु सहयोग गरिने परमार्शकर्ता इन्द्र केसीले जानकारी दिनु भएको छ ।
Advertisement