Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

आक्रमणकारीबाट यसरी परियो चार घण्टा बन्धकमा

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, ६ जेष्ठ सोमबार ११:२६  

    Advertisement

    गजेन्द्र गुरुङ ।शुक्रबारको दिन बिहान ७ बजेतिर नेपालगन्जको बिपि चोकमा चिया पिईरहेको थिए । नेकपा बाँकेका जिल्ला सदस्य तथा सभासद कृष्णा केसीका निजी सचिब भाइ सुर्य घर्तिमगरको फोन आयो । ‘दाइ अहिले नै राप्तिपारी जानू पर्ने भो, कृष्णा दिदीको निर्बाचन क्षेत्रका मतदाता सङ्गको भेटघाट र अबलोकन गर्ने कार्यक्रम छ, पत्रकार कृष्ण वली र अरु १/२ जनाको टिम छ ।’- उनले भने ।
    मैले उनलाई हुन्छ भने अनि बिहान ७:३० बजे तिर हाम्रो टोली नेपालगन्जबाट प्रस्थान भयो गन्तब्य स्थान तर्फ । टोलीमा बाँके क्षेत्र नम्बर १ (क) बाट ५ नम्बर प्रदेशमा प्रतिनिधित्व गर्ने साँसद कृष्णा केसी ‘नमुना’, पत्रकार भाइ कृष्ण वली, नेकपाका नेता सुर्य घर्तिमगर, काली बहादुर धिताल, चमेली बागबल र म थियौं ।
    कहिले नगएको ठाउँ । कस्तो होला के होला भनेर मनमा उमंगका साथ खुल्दुली र कौतुहलता जागिरहेको थियो । बिहानको सवा नौ बजे तिर हामी नरैनापुर पुग्यौं जहाँ पुगेर खाना खायौं । खाना खाईसके पछि नरैनापुर स्थित शसस्त्र प्रहरी बलको बिओपीमा पुग्यौं जहाँबाट शसस्त्र प्रहरी निरीक्षक टीका बहादुर गाहा हाम्रो सुरक्षाका लागि हामी सङ्गै गाडीमा जाने हुनु भो । उहाँ समेतको हाम्रो टोली नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहम्मद शाहको घरमा पुग्यो । त्यहाँ पुग्दा पुर्व निर्धारित कार्यक्रम अनुसार अध्यक्ष शाह पनि तैयारी अबस्थामा हुनुहुन्थ्यो । उहाँ आफ्नो गाडीमा अगाडि अगाडि लाग्नु भो हामी पछि पछि ।
    त्यहाँ बाट हामी शसस्त्र प्रहरी बलको कटकुईंया बिओपीमा पुग्यौं । जहाँ शसस्त्र प्रहरी बल कटकुईंया बिओपीका शसस्त्र प्रहरी निरीक्षक पुरन जैसी हामीलाई गाईड गर्नका लागि तयारी अबस्थामा थिए । हामी पुग्नु पहिले नै उनले भारतको शसस्त्र सिमा सुरक्षा बलसङ्ग भारत भएर हिड्नका लागि अनुमति लिईसकेका थिए ।
    जैसी नेतृत्वको कटकुईंया बिओपीको गाडी अगाडि त्यसपछी गाउँपालिका अध्यक्ष शाहको गाडी र त्यस्को पछि हामी सवार गाडी भारतको सडक हुँदै अगाडि बढ्यो । जहाँ जहाँ भारतको शसस्त्र सुरक्षा बलको पोष्ट पर्थ्यो त्यहाँ त्यहाँ शसस्त्र प्रहरी निरीक्षक जैसीले ईन्ट्री गर्दै अगाडि बढ्थे ।
    भारतको सडकको बखान गर्दै केही किलोमिटरको यात्रा पछि हाम्रो यात्रा जङ्गलतिरको बाटो हुँदै अगाडी बढ्यो । लगभग २२ किलोमीटरको जङ्गलको यात्रा पूरा भएपछी हामी भौवा नाका बाट नेपालको दाङ्ग जिल्ला प्रवेश गर्‍यौं । दाङ्ग जिल्लाको राजपुर गाउँपालिका वडा न. ७ त्यहाँ पर्दो रहेछ । त्यहाँ अबस्थित एक माध्यामिक बिद्यालयका शिक्षकहरु सङ्ग त्यहाँको बारेमा बुझेपछी चिया पिएर हामी फिर्ता भयौं ।
    फिर्ता भएर उहि जङ्गलको बाटो हुँदै हामी कटकुईंयाको लगभग नजिक नजिक पुगेर फेरि जङ्गलको अर्को बाटो समात्यौ जहाँबाट हाम्रो गन्तव्य स्थान पुग्न सकिन्थ्यो । त्यहाँबाट १३ किलोमीटरको जङ्गल भित्रको यात्रा पछि हामी भच्कई नाकाको भारतिय सिमा सुरक्षा बलको अन्तिम पोस्टमा पुग्यौं । जहाँ पुग्दा दिउँसोको लगभग ढाई बजिसकेको थियो । हामी सवार गाडीहरु त्यही छोडेर हाम्रो पैदल यात्रा शुरु भो । दिउँसोको घाम जङ्गलको बिच बाटो भएर पसिनै पसिना हुँदै लगभग डेढ घन्टाको उकालो चढे पछि हामी पुग्यौं राप्तिसोनारी गाउँपालिका वडा न. ४ बाँकेको गुर्देनगौरी गाउँ ।
    त्यहाँका स्थानीयहरु सङ्गको केही घण्टाको बसाई पछि हामी फिर्ता भयौं ।
    फिर्ता भएर कटकुईंया आउँदा बेलुकाको लगभग छ बज्न लागेको थियो । हामी त्यहाँ बस्दै गर्दा बिओपी नरैनापुरका शसस्त्र प्रहरी निरीक्षक टीका बहादुर गाहाको फोनको घण्टी बज्यो । फोनमा उनले गरेको कुरा अनुसार नरैनापुर प्रहरी चौकीमा केही गडबड भएको भन्ने बुझिन्थ्यो । हामीले त्यो कुरोलाई त्यति ध्यान दिएनौ र बिओपी कटकुईंयामा बेलको सर्वत र पानी पिएपछी हामी नेपालगन्ज तर्फ रवाना भयौं । हाम्रो साथमा गाउँपालिका अध्यक्ष शाह पनि आए । आउदै गर्दा नरैनापुर गाउँपालिका र ईप्रका नरैनापुरको अगाडि सडक भरी हजारौंको संख्यामा मानिसहरुको भिड देखियो । त्यो भिडले हाम्रो गाडी रोक्यो र गाडीबाट तल झर्न उर्दी जारी गर्‍यो । हामी अलमल्ल पर्‍यौं । ‘गाडी साईड लगाओ, निचे उत्रो’ त्यो भिडबाट कसैको आबाज आयो ।
    गाडी सडकको किनारा लगाएर हामी तल झर्‍यौ । त्यसपछी बल्ल जानकारी भयो कि दिउँसो ४ बजेतिर एक भारतिय नागरिकलाई प्रहरीले ५ किलो बढी चरेस सहित पक्राउ गरेर त्यहाँ राखेको रहेछ र त्यो भिड अभियुक्तलाई छुटाउनका लागि दबाब दिन जम्मा भएको रहेछ ।
    साँसद नमुनालाई देखेपछी उनिहरुले तिमी हाम्रो क्षेत्रबाट चुनाब जितेको बिधायक पक्राउ परेको व्यक्तिलाई तुरुन्त छोड्न लगाउ भनेर घेरा हाले । कुरो बुझ्न हामी चौकी तिर प्रवेश गर्‍यौं । हामी चौकी तिर जादा त्यो भिड हाम्रो पछि पछि उतै लाग्यो । चौकी पुर्ण रुपमा घेरियो । सडक भरी पनि ठूलो संख्यामा भिड ।
    उनिहरुको माग रहेछ पक्राउ परेको व्यक्ति निर्दोष छ उस्लाई तत्काल छोड । ईलाका प्रहरी कार्यालय नरैनापुरमा प्रहरी नायब निरीक्षक बलराम भण्डारीको नेतृत्वमा २३ जना प्रहरीको दरबन्दी तर उनको भनाई अनुसार जम्मा जम्मी ४ जना प्रहरी त्यहाँ रहेछन ।
    हथकडी लागेको अभियुक्त भित्र एउटा कोठामा । बाहिर हजारौंको भिड । प्रहरीलाई धकेल्दै भिड लगभग चौकी भित्रै छिर्न लागेको अवस्था । होहल्ला उत्तिक्कै । प्रनानी भण्डारी हस्याङ्ग फस्याङ्ग गर्दै भिडलाई सम्झाउने प्रयासमा । भिडको एउटा मात्र माग ‘तुरुन्त छोड’ ।
    समस्याको समाधानका लागि साँसद नमुना लागिरहेकी थिईन । भिडको एउटा नेतृत्व सङ्ग साँसद नमुना र अध्यक्ष शाहको एउटा समझदारी बन्यो । अहिले रातभर अभियुक्तलाई यहि राख्ने, भोलि बिहानै सिडियो, प्रहरी प्रमुख लगायत सङ्ग नमुना आउने र छलफल गर्ने ।
    त्यस्पछी हामी सडकमा रहेको गाडीमा आएर बस्यौं । ड्राइभरले गाडी स्टार्ट मात्र के गरेको थियो सडकमा रहेकाहरुले फेरि हाम्रो गाडी घेरे । फेरि उर्दि सुनियो ‘गाडी बन्द करो’ । गाडी बन्द भयो । साँसद नमुनाले गाडी बाटै भिडका नाईकेहरुलाई सम्झाउने प्रयास गर्दै थिईन । बाहिर अल्लि धेरै नै हल्ला खल्ला हुन लागेपछी कृष्ण भाइ गाडी
    बाट तल ओर्लियो । एकछिनमा कृष्ण भाई हस्याङ्ग फस्याङ्ग गर्दै आएर साँसद नमुनाको हात समाएर गाडीबाट ओराल्यो र हामीलाई पनि झर्न भन्यो । गाडीबाट बाहिर झरेर हेर्दा त गाडीको चारवटै टाएरको हावा छैन । पछि थाहा भयो टाएरको हावा खोलिसके पछि भिडमा पेट्रोल ल्याएर आगो लगाउने तयारी भएको कृष्णले सुनेको रहेछ ।
    फेरि त्यो भिडको होहल्ला र कोलाहल बिच हामी गाउँपालिका भवनको प्राङ्गणमा पुग्यौं । छेउमा रहेको चौकीबाट पड्याङ्ग र पुडुङ्गको आवाज आउन थालिसकेको थियो । तबसम्म त्यो भिडले प्रहरीको गाडी र मोटरसाईकलमा क्षति पुर्‍याई सकेको रहेछ । प्रहरी माथी ढुङ्गा मुढा र घरेलु हतियारबाट आक्रमण शुरु भइसकेपछी प्रहरीले बाध्य भएर फायर खोलेको रहेछ । गाउँपालिका अध्यक्ष शाहले हामीलाई आफ्नो कार्यकक्षमा लगेर राखे । त्यहाँ पनि हामी माथी बाहिरबाट ढुङ्गाको आक्रमण जारी थियो । आक्रमणकारीहरु हामी बसेको कोठामा पनि भाटा सहित छिरे । हामी आत्तिसकेका थियौं । अध्यक्ष शाहको पनि त्यहाँ भनाई मान्न छोडी सकेका थिए आक्रमणकारीहरु । एकछिनपछी शसस्त्रको टोली आएर उनिहरुलाई त्यहाँ बाट हटायो । हाम्रो बचावटको लागि बाहिर शसस्त्र प्रहरीका निरीक्षकहरु टीका गाहा र पुरन जैसीको नेतृत्वमा शसस्त्र प्रहरीका जवानहरु खटेर लागिरहेका थिए । हामी बन्धक भयौं भन्ने कुरा हामी सबैलाई महशुस थियो ।
    बन्धक अबस्थामा नै साँसद नमुनाले जिल्ला प्रहरीका प्रनाउ, शसस्त्रका प्रउ, सिडिओ लगाएत सङ्ग छिटो भन्दा छिटो सुरक्षा फौज बढाउन र हामीलाई उद्दार गर्न भनेर प्रयत्न गरिरहेकी थिईन ।
    के गर्ने कसो गर्ने भनेर हामी सबै अन्यौलमा थियौ । झल्यास्स याद आयो यो कुरो मिडियामा लैजानु पर्छ भनेर । त्यसै बिचमा म बाहिर निस्के र पछाडी अँध्यारो कुनोमा गएर काँचुली खबरका कार्यकारी सम्पादक भाइ सङ्गिन शर्मालाई त्यहाँ भएका सके जति सबै कुरोको बेलिबिस्तार लगाए र जताकतै छिटो नै पुर्‍याउन अनुरोध गरे ।
    बाहिर होहल्ला र पड्याङ्ग पुडुङ्ग कायमै थियो । हामी सबै जना अताल्लिएका थियौं । झन्डै चार घण्टा बितिसक्दा सम्म पनि जिल्ला तिरबाट थप फौज नपुग्दा उकुसमुकुस अत्याधिक बढेको थियो । तनाब निकै बढिसकेको थियो ।
    रातीको पौने दस बजिसकेको थियो । एक्कासी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरत सिंह राठौर कोठा भित्र प्रवेश गरे । हल्का महशुस भयो । अब भने केही राहत भयो मनमा । उनले प्रहरीको गाडी अल्लि पर बाटोमै राखेर पैदल आएका रहेछन हाम्रो उद्दार गर्न । हामीलाई कडा सुरक्षाका साथ उनको टोलिले बाटोमा निकाल्यो । त्यहाँ भएका शसस्त्रको टोलीले पनि साथ दियो। हामी गाडी सम्म पुग्दा बाटोमा अझै त्यो भिड मध्येका केही थिए । आक्रमण भइ हाल्छ कि भनेर मनमा डर थियो नै । अध्यक्ष शाहको गाडी सम्म पुगियो ।
    हाम्रो गाडीमा हावा नभएको कारण गाडी र ड्राइभरलाई त्यहीँ सुरक्षितका साथ राखेर उद्दार गर्न गएको प्रहरी टोली र बन्धक भएका हामी सबैजना अटिनअटी कोचाकोच गरेर त्यो गाडीमा बसियो । केही पर प्रहरीको गाडी भएको ठाउँ सम्म पुगेपछी प्रहरी टोली झरेर आफ्नो गाडीमा गयो भने केही प्रहरी हामी बसेकै गाडीबाट अगाडि बढ्यो । बाटोमा जिल्ला बाट गएका शसस्त्रका गाडीहरु हिडिरहेका देखिन्थे । ८ किलोमिटर टाढाको दुरीमा रहेको भोजभगवानपुर इप्रका सम्म हामीलाई सुरक्षित पुर्‍याए पछि प्रहरी निरीक्षक राठौरको टोली हामी सङ्ग बिदा भएर घटनास्थल तिर फर्कियो ।
    पानी पिएर त्यहाँ केही घण्टाको बिश्राम गरेपछी ज्यान हल्का भएको महशुस भयो । शसस्त्र प्रहरी निरीक्षक पुरन जैसीको फोन आयो । गाडीमा हल्का हावा हाल्ने वयवस्था गरेर उनले हाम्रो गाडीमा केही सुरक्षाकर्मी सहित गाडी भगवानपुर पठाईदिन लागेको जानकारी गराए । भगवानपुर पुगेको केही समयमा नै जिल्लाबाट गएको प्रहरी निरीक्षक एस. शाहको नेतृत्वको प्रहरी टोली र शसस्त्र प्रहरी बल ३० न. गणबाट गएको शसस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्य नेतृत्वको शसस्त्र प्रहरी टोली हामी भएको स्थानमा पुगिसकेको थियो ।
    जिल्लाबाट पुगेको बाकी प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थललाई नियन्त्रणमा लिन लागेको थियो ।
    पत्रकार, शुभचिन्तक र घरपरिवार बाट फोन गरेर अवस्था बुझ्ने क्रम जारी नै थियो । केही समयपछी हाम्रो गाडी पनि त्यहाँ पुग्यो । हाम्रो गाडीमा हावा कम भएको कारण एकजना सुरक्षाकर्मी मात्र त्यो गाडीमा जाने कुरो भो । बाकी हामी अध्यक्ष र जिल्ला प्रहरीको गाडीमा बाडीएर चढ्यौ ।
    भोजभगवानपुर ईप्रका बाट रातिको लगभग १२ बजेतिर हामी नेपालगन्ज तिरको यात्रा शुरु गर्यौ । अगाडि जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी निरीक्षक एस. शाह नेतृत्वको स्कर्टिङ्ग गाडी त्यसपछी क्रमशः हाम्रो हावा कम भएको गाडी त्यस्को पछि साँसद नमुना लगाएत चढेको गाडी र सब भन्दा पछाडी शसस्त्र प्रहरी बल ३० न. गणका शसस्त्र प्रहरीका प्रनाउ सुदन आचार्य नेतृत्वको शसस्त्र प्रहरीको ट्रक ।
    केही किलोमीटरको यात्रा पछि नरैनापुर र राप्तिसोनारी गाउँपालिकाको सिमानामा पुगियो । जहाँ टायरमा हावा हाल्ने पसल रहेछ तर मान्छे बाहिरै सुतिरहेका देखिए । हामीले गाडी रोकेर उनिहरुलाई उठाएर हावा हाल्नलाई अनुरोध गर्‍यौं । उठेर हाम्रो गाडीमा हावा भरिदिए । त्यसपछी हामी हिड्यौ । राप्ती नदिको पुलमा पुगेपछी भाइ सुर्य घर्तिमगरको फोन बज्यो । उनले कुरा गरे । थाहा भयो बाँकेका प्रजिअ मदन भुजेल थिए उनी । उनले साँसद नमुना लगाएत हाम्रो टोलीलाई भेट्न खोजेका रहेछन । फोनबाटै उनले बस्ने वयवस्थाका बारेमा पनि सोधेका रहेछन । हामी बिचमा सल्लाह भयो सबै आ आफ्नो घर जाने तर गाउँपालिका अध्यक्ष शाहलाई होटल सिद्दार्थ भ्युमा बस्ने व्यवस्था गरिदिने । सोही अनुसार भाइ सुर्यले प्रजिअ भुजेललाई जानकारी गराए हामी होटल सिद्दार्थ भ्यु जादैछौ ।
    हामी होटल पुग्दा बिहानको डेढ बजिसकेको थियो । हामी त्यहाँ पुग्दा प्रजिअ भुजेल अगाडि नै पुगेर बसिरहेका रहेछन । हामी पुगेपछी प्रजिअ खुशी मुद्रामा देखिन्थे । उनले साँसद नमुना र प्रहरीका कमान्डरहरु सङ्ग घटनाका बारेमा जानकारी लिए र बस्ने खाना खाने बारेमा होटलमै व्यवस्थापन गर्ने प्रस्ताव राखे । तर हामीले ईन्कार गर्‍यौं बरु चिया पिउने र सबै आ आफ्नो घर तिर जाने सोही अनुसार चिया पिएर गाउँपालिका अध्यक्ष शाहलाई होटलमै छोडी हामी आ आफ्नो घर तिर लाग्यौं । घर पुग्दा बिहानको दुई बजिसकेको थियो । त्यति बेला सम्म पनि श्रीमतिले खाना नखाई पर्खिरहेकी रहेछिन । उनको मुहार चम्किलो देखियो र सङ्गै खाना खाएर सुत्ने प्रयास गरे ।

    उद्दार कार्यमा सहयोग गर्ने नेपाल प्रहरी र शसस्त्र प्रहरीका कमान्डर लगाएत टोली, समन्वय गरेर सहयोग गर्ने बाँके प्रजिअ लगाएत सबैमा हार्दिक आभार सहित धन्यवाद ।

    गजेन्द्र गुरुङ बाँकेका पत्रकार हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    बिप्लब समुहका एक जना कार्यकर्ता पक्राउ

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट