त्रिभुवन विमानस्थलमा एक करोड बढी भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ
प्रकाशित मिति : २०७६, १० जेष्ठ शुक्रबार १३:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।त्रिभुवन विमानस्थलमा एक करोड बढी भारतीय नक्कली नोटसहित आधा दर्जन ब्यक्तिहरु पक्राउ परेका छन् ।नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
Advertisement
कतारबाट पाकिस्तान हुदै आएका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अहिले उनीबाट बरामद रकमको मुचुल्का गरिने काम भइरहेको प्रहरीले जनाएको छ।
‘उनीबाट लाखौं रकम बरामद भएको छ, हामी गन्ने काम गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने। उनीसँगै कतारबाट आएका तीन जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए।
युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो।
५ वर्ष अघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका थिए। उनलाई कारागारभित्रै गोली हानिएको थियो। उनी त्यस बेला सामान्य घाइते भएका थिए।