सिप विकास तालिम केन्द्रले सञ्चालन गरेको चार तालिम सम्पन्न
प्रकाशित मिति : २०७६, १० जेष्ठ शुक्रबार १५:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगञ्जले सञ्चालन गरेको चार प्रकारका सिपमूलक तालिमको आज समापन भएको छ । तालिम केन्द्रका प्रमुख जेन्टिल गौतमको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
Advertisement
गत फागुन ७ गतेदेखि सञ्चालित तीन महिने केश श्रृंगार, कटाई सिलाई, विद्युत जडान र इलेक्ट्रोनिक्स सामान मर्मत तालिमको आज समापन गरिएको हो । केश श्रृंगारमा ३९, कटाई सिलाईमा २३, विद्युत जडान १३ र इलेक्ट्रोनिक्स सामान मर्मतमा २ जना प्रशिक्षार्थी सहभागी भएको केन्द्र प्रमुख गौतमले जानकारी दिनुभयो। समापन कार्यक्रममा बोल्दै उपमेयर थापा मगरले सिकेको सिप व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै आर्थिक सशक्तिकरणका लागि सिपयुक्त बन्न जरुरी रहेको बताउनुभयो ।
उपमहानगरपालिकाले पनि व्यवसायिक सिप सिकाउने कुरालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । तालिम केन्द्र प्रमुख गौतमले केन्द्रले बर्षैभरि विभिन्न तालिमहरु निःशुल्क सिकाउँदै आएको बताउनुभयो । कार्यक्रममा सहकारी प्रशिक्षालयका प्रमुख श्रीकृष्ण नेपाल, नेपालगञ्ज उद्योग बाणिज्य संघका उपमहासचिव तारा रोकाय, समाजसेवी प्रशान्त विष्ट, ज्योति प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, प्रशिक्षक अञ्जु खनाल, प्रशिक्षार्थीहरु मिना विसी, दिपासा विक लगायतले बोल्नुभएको थियो ।