बाँकेको डुडुवा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन
प्रकाशित मिति : २०७६, १० जेष्ठ शुक्रबार १७:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(डुडुवा) बाँके । बाँकेको डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका प्रसुति महिला, बृद्ध, बालबालिका, गरिब, असहाय तथा अति विपन्न परिवारलाई लक्षित गरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिका अन्तर्गत् अधिकांश गाउँ टोल विकट तथा टाढा पर्ने भएकाले नजिकैको स्वास्थ्य संस्था तथा सुविधा सम्पन्न अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्सले सहयोग गर्नेछ ।
गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स केही दिनमै सेवा शुरु गर्ने गाउँपालिकाले जनाएको छ । एम्बुलेन्सको अभावमा गाउँपालिकाको बाढी प्रभावित क्षेत्र होलिया, बेतहनी र कम्दीका जटिल विरामीलाई सदरमुकामको अस्पतालसम्म पुग्नका लागि निकै समस्या छ ।
एम्बुलेन्स सेवा सञ्चालनपछि विशेष गरी प्रसुति महिलालाई बढी फाइदा पुग्ने महिला स्वयम्सेविकाहरु बताउँछन् । गाउँपालिकाले घर घरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत् गाउँपालिकाको वडा नम्बर २ र ५ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परिक्षण प्रयोगशालासगै एम्बुलेन्स सेवाले थप सहयोग पुग्ने वडाध्यक्ष पर्शुराम बुढाथोकीले बताउनुभयो ।
गाउँपालिकाले सञ्चालन गरेको अभियान अहिले प्रभावकारी बन्दै गएको सेवाग्राहीले बताएका छन् ।
Advertisement