मिडिया काउन्सिल विधेयक परिमाजर्न गर्नुपर्छःमाधव नेपाल
प्रकाशित मिति : २०७६, ११ जेष्ठ शनिबार ०८:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुने गरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस संगठन बाँकेले आज विहान नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले विधेयकका बारेमा धेरै नकारात्मक कुराहरु बाहिर आइरहेको भन्दै यसमा सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले तीब्र आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य सरकारले पूरा गर्नका लागि बजेटका बारेमा विस्तृत छलफल गरेर जनताले नयाँ कुराको अनुभूति गर्ने गरी बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो । परम्परागत ढंगले बजेट ल्याइए त्यसले जनआकांक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने नेता नेपालले बताउनुभयो ।
Advertisement