कारागारमा ४२ कैदी मृत भेटिए
प्रकाशित मिति : २०७६, १४ जेष्ठ मंगलवार ०९:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन् । अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् ।
Advertisement
ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् ।अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ ।
घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।
ब्राजिलमा आपराधिक गतिविधि बढी हुन्छ । एक तथ्यांकअनुसार, विश्वको तेस्रो ठूलो कैदीबन्दी भएको देश ब्राजिल हो । ब्राजिलको गत अप्रिलसम्मको तथ्यांकअनुसार, ७ लाख १२ हजार ३०५ कैदी बन्दी देशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
कैदीको संख्या अत्यधिक भए पनि ब्राजिलसँग कैदी राख्ने पूर्वाधार अभाव छ । अहिले रहेका कैदीमध्ये झण्डै आधा मात्रै अट्ने क्षमता ब्राजिलका कारागारको छ । क्षमताभन्दा निकै बढी कैदीबन्दी कारागारमा कोचाकोच हुँदा लगातार अप्रिय घटना भइरहेको बताइएको छ ।
बीबीसीका अनुसार, सन् २०१७ को सुरुवातदेखि हालसम्म उत्तरी ब्राजिलमा मात्रै ११९ को ज्यान गुमिसकेको छ । गत आइतबार मात्रै १५ कैदीको जेलभित्र भएको झडपका क्रममा ज्यान गएको थियो । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा झडप हुँदा कैदीबीन्दैको ज्यान गएको थियो ।
तर, यो घटना सेलाउन नपाउँदै फेरि ठूलो संख्यामा कैदीको ज्यान गएको घटना प्रकाशमा आएको छ ।
जेलबाट भाग्ने समस्या पनि ब्राजिलमा उत्तिकै छ । गत सेप्टेम्बरमा मात्रै एक प्रहरीको हत्या गरेर लगभग ९२ कैदी भागेका थिए ।
कारागारमा लगातार भइरहेको अप्रिय घटनापछि ब्राजिल सरकारमाथि कारागार पुर्नसंरचना गर्नुपर्ने मत उठ्न थालेको छ ।
अनलाइनखबरबाट।
तस्बिर: न्यूयोर्क टाइम्स